वि.सं.२०८१ माघ ६ आइतवार

सहकारी ठगी प्रकरणले उग्ररूप लिने भएपछि रास्वपाका नेताहरुले दिए भटाभट राजीनामा

सहकारी ठगी प्रकरणले उग्ररूप लिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै उनको दलसमेत उक्त ठगी प्रकरण जाेडिएकाे छ ।

सहकारी ठग गृहमन्त्रीबाट कसरी निष्पक्ष छानबिन हुन्छ : सांसद थापा

लामिछानेको गलत प्रवृत्तिका कारले कार्यकर्तामा निराशा उत्पन्न हुँदै गएपछि जिम्मेवार पदमा रहेका नेताहरुले भटाभट राजीनामा दिएका छन् ।

रवि लामिछानेले प्रधानमन्त्री दाहालसमक्ष बुझाए राजीनामा

गत माघ ३ गते बर्दियास्थित गुलरियाका वडा सभापति प्रेमबहादुर खड्कासहित २१ जनाले एकैचोटी पार्टी छाेडे । त्यसपछि माघ १२ गते मकवानपुरका जिल्ला सभापति राजकुमार न्यौपानेले रास्वपा भ्रमको आडमा पार्टी निर्माण गरिएको रहस्य खोल्दै राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताको नाराबाजी, केही पक्राउ

गत निर्वाचनमा बारा–२ मा रास्वपाबाटै उम्मेदवार बनेका अवकाशप्राप्त प्रहरी डिआईजी रमेश खरेलले गत चैत १४ गते पार्टी छाेडे ।

सर्वाेच्चद्धारा रवि लामिछाने दोशी ठहर, गृहमन्त्री र सांसद पदसमेत चैट (आदेशसहित)

नयाँ र वैकल्पिक भनिएको पार्टी पनि सत्ता केन्द्रित रहेको उनको आरोप थियो । उनले भनेका थिए, ‘जुन जोगी आए पनि कानै चिरेको !’

काठमाडाैंमा पनि भेटियो रविले ठगेको थप प्रमाण, जनता ढाँट्नेलाई खै कारबाही ?

वैशाख २१ गते पनि काठमाडौं क्षेत्र नम्बर ९ र १० का दुई नेताले पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरे ।

रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानविन

 

उनीहरुले रास्वपाको झण्डा र ब्याचहरु बागमती र विष्णुमतीमा लगेर सेलाइदिने उद्घोष नै गरेका थिए ।

लामिछानेले चिच्याउँदै अरुतिर देखाएको चोर औंला आफैंतिर फर्कियो..!

अहिले रास्वपाका सिईओ हेमन्त बरालले पनि राजीनामा दिएको छ ।

रविलाई सांसद पदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

पार्टी शीर्ष तहका नेताहरुको आग्रहमा उनको राजीनामालाई सार्वजनिक नगरिएको स्रोतको दाबी छ । बरालले एकाएक राजीनामा दिएपछि अहिले पार्टीभित्र तरंग आएको छ ।

घन्टी चिन्हका अध्यक्ष लामिछानेका अमेरिकी अदालतमा ९ मुद्धा !