रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा बस्ने या हट्नेबारे दुई दिनपछि मात्रै निर्णय लिने भएको छ।
- सर्वाेच्चद्धारा रवि लामिछाने दोशी ठहर, गृहमन्त्री र सांसद पदसमेत चैट (आदेशसहित)
- रविलाई सांसद पदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता
बिहीबार साँझसम्म बसेको बैठक तत्काल सरकार नछोड्ने निष्कर्षमा पुगेको हो।
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले दुई दिनको समय माग गरेकाले उनीहरुको आग्रह बमोजिम दुई दिनको समय दिइएको रास्वपाका प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले बताए।
‘बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीको पनि फोन आएको थियो’ ढकालले भने, ‘उहाँहरु दुवै जनाले दुई दिनको समय माग्नुभएको थियो। त्यसकारण हामी दुई दिन कुर्न तयार भएका हौँ।’
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उच्चस्तरीय संयन्त्रको बैठक बस्दासम्म दुई दिन सरकार नछोड्न आग्रह गरेको बताए।
सत्तासाझेदार दलहरुको बैठक नबसी निर्णय गर्दा हतारो हुने र उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीले पनि दुई दिन कुर्नुहोस् भनेका कारण आफूहरु तयार भएको ढकालले बताए।
ढकालले राजनीतिक दलहरुमा इमान्दारिताको अपेक्षा गरिएको पनि बताए। यस्तै, उनले गृह मन्त्रालय दिने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि गृहमा कसलाई पठाउने भन्नेबारे निर्णय लिने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रका हुँदा १३ जुन २०२१ मा केरे…केरे…केरे… अदालतको आदेश मान्दिन रे !!?? तिम्रो ‘‘बा’’ को शासन हो र ?? भन्दै ट्विट गरेका थिए।
८ अक्टुबर २०२१ मा रविले अर्को ट्विटमा भनेका थिए, ‘जे ठा न ठान.. गैरसांसद मन्त्री भै छाडे। विधि, पद्धति, आदेश, परमादेश, फ्लोर क्रस र यो लिमिट क्रस… उफ् !!!!’
पूर्वपत्रकारका रुपमा लामिछानेले सामाजिक सञ्जालमा लेखेका यिनै कुरा अहिले निकै चर्चित बनिरहेका छन्। यसको कारण नागरिकता विवादमा सर्वोच्च अदालतले सुनाएको फैसलालाई हेर्नुपर्ने हुन्छ।
राजनीतिमा प्रवेश गरेसँगै रविको विवाद चरम चुलीमा छ। नागरिकता विवाद, राहदानी विवाद, विवादित व्यक्तिलाई श्रम तथा रोजगार मन्त्रीका रुपमा पठाएको विवाद, स्वास्थ्य राज्यमन्त्रीले अस्पताल पुगेर बिरामी भेट््दा स्वास्थ्य मापदण्डको पालना नगरेको विवाद। यी र यस्ता थुप्रै विवादमा रवि र उनको पार्टी मुछिएको छ। पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने तर अहिले सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट उनको आलोचना भइरहेको हो।
उनले हिजो पत्रकार हुँदा टेलिभिजनको पर्दामा गैरसांसद मन्त्री बन्ने भन्दै चोर औंला उठाउँदै प्रश्न तेर्स्याएका थिए। अहिले त्यो औंला उनीतर्फ सोझिएको छ। उनी गैरसांसदका रुपमा पुनः गृहमन्त्री बन्ने कसरतमा छन्।
सर्वोच्च अदालतले गत शुक्रबार रविलाई अनागरिक घोषणा गरिदिएपछि आइतबार नागरिकता लिएका थिए। अनागरिक भएसँगै चितवन–२ बाट निर्वाचन लडेका रविको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो। तर, रवि नागरिकता लिएकै दिन पुनः पार्टी सभापतिमा नियुक्त भएका थिए।
नागरिकता लिएसँगै नेपाली नागरिक बनेका रवि यतिबेला पुनः गैरसांसदका रुपमा गृहमन्त्री बन्ने दौडमा छन्। उनले पत्रकार हुँदा विधि, पद्धति मिचे भन्दै टेलिभिजनको पर्दामा कराउँदै लामो सुस्केरा सुसेलेको भुलिसकेका छन्।