वि.सं.२०८१ जेठ ७ सोमवार

घन्टी चिन्हका अध्यक्ष लामिछानेका अमेरिकी अदालतमा ९ मुद्धा !

मेरिल्याण्डमा मात्रै ९ मुद्दा दर्ता

नेपालमा स्वतन्त्र पार्टी दर्ता गरेका पुर्व पत्रकार रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्याण्ड राज्यमा ९ वटा मुद्दा दर्ता भएको भेटिएको छ ।

सम्बन्ध विच्छेदबाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाले दायित्व भुक्तानी नगरेको भन्दै लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको भेटिएको हो । उनको पार्टीको चिन्ह घन्टी रहेको छ ।

अमेरिकामा रहंदा लामिछाने मेरिल्याण्ड राज्यमा बस्दै र व्यवसाय सञ्चालन गर्दै आएका थिए । जसमा एक मुद्दा मेरिल्याण्ड राज्य सरकारले पनि दायर गरेको छ । राज्य सरकारले भने समयमा कर नतिरेको भन्दै मुद्दा दर्ता गरेको थियो । मुद्दाहरु सन् २०१८ र २०२१ को बीचमा दर्ता भएका छन् ।

मेरिल्याण्डको टाउसन र बाल्टिमोर काउन्टी अदालतमा लामिछाने विरुद्ध मुद्दा छ । जसमा एक मुद्दा अहिले पनि विचाराधिन रहेको छ ।

अमेरिकाबाट नेपाल फर्किएका लामिछानेले अमेरिकामा रहँदा लिएको बैंक तथा वित्तीय संस्थाको ऋण समयमै भुक्तानी नगरेको भन्दै विभिन्न अदालतमा मुद्दा परेको हो ।

यसबाहेक उनले अमेरिकामा रहँदा सञ्चालन गरेको व्यवसायको लागि खाद्यान्न सप्लाइ गर्ने कम्पनीले समेत समयमा भुक्तानी नपाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनको नाममा मेरिल्याण्डमा मात्रै ९ मुद्दा दर्ता भएको देखिन्छ ।

उनको नाममा रहेको केही मुद्दाको अन्तिम फैसला आउनै बाँकी छ ।

यसबीचमा २०२१ सालमा अमेरिकामा लामिछानेको नाममा रहेको घर विक्री गरिएको छ ।

मुद्धाको विवरण हेर्न यहाँ थिच्नुहोसMaryland Judiciary Case Search Results