नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि उच्च अदालत पाटनमा दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको छ ।
प्रधानमन्त्री ओलीलाई रश्मिला धामीको प्रश्न- ऐन महरलाई कहिले कारबाही हुन्छ ?
बिहीबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो ।
आफू महरबाट बलत्कृत भएको भन्दै पीडित महिला रश्मिलाकुमारी धामीले यसअघि नै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो ।
‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’
प्रहरीले आफ्नो जाहेरी तामेलीमा राखेपछि पीडित महिला रश्मिलाकुमारी धामी उच्च अदालत गएकी थिइन् ।
बिहीबार न्यायाधीशद्वय प्याकुरेल र कोइरालाको इजलासले प्रहरीले तामेलीमा राखेको प्रक्रिया नमिलेको ठहर गर्दै अनुसन्धानको प्रक्रिया अघि बढाउने आदेश गरेको सोही मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए ।
सोही मुद्दाका अन्य दुई वटा रिट भने खारेज भएका छन् ।
आफूमाथि पटकपटक यौन शोषण भएको तर प्रतिवादीले कुनै जिम्मेवारी नलिई निरन्तर प्रताडित गर्दै आएको भन्दै उजुरी लिएर धामी बालकोट, प्रहरी र सरकारी वकिल कार्यालय धाउँदै आएकी थिइन् । कतैबाट सुनुवाइ नभएपछि माइतीघर मण्डलामा धर्नासमेत बसिन् ।
सत्ताको आडमा महरले प्रहरी लगाएर थुनाउने, मानसिक तनाव दिने क्रम झन् तीब्र पारेपछि धामीले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् । अन्तत: अदालतले न्यायका लागि उनले राखेको याचना स्वीकार गरेको छ ।
बझाङ स्थायी घर भएका महरलाई २०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।
यौन विचलनमा परेको अडिओ खप्तडटिभीले सार्वजनिक गरेपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो ।
यी नेताकाे नियत बिग्रिएपछि ऐन महर र सिराज अहमद बर्खास्तमा परे
पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो ।
विवादित महरको असली मुहार
तत्कालीन एमालेनिकट अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष हुँदा सामान्य आलोचना गरेकै कारण त्रिचन्द्र क्याम्पस अगाडि आफ्नै संगठनका विद्यार्थी नेता एवं सहयोद्धा जनक सिंहलाई खुँडा प्रहार गरेर मार्ने प्रयास गरे । जो अहिले अष्ट्रेलियामा छन् । उनी अहिले अपाङ्गताको जीवन व्यथित गरिरहेका छन् । त्यो बेला ४ वटा मोटरसाइकलमा सवार महरका सहोदर भाइ र मामासहित ८ जनाले खुँडा–खुकुरी प्रहार गरेका थिए ।
२८७ टाका लगाएर बाँचेको भन्दै सिंहले खुल्लापत्र समेत लेखे । त्यसअघि उनीसहितको ग्याङ्को आक्रमणले अस्कल क्याम्पसमा माधव नेपाल पक्षधर वसन्त शाहीको हत्या भयो । त्रिचन्द्र कलेजमा आफुले ठेक्का नपाएपछि उनले गोली चलाए । त्यसविरुद्ध उनलाई फौजदारी मुद्दा लाग्यो । र, पनि उनी संसदमा आउन खोजिरहेका छन् । नेपालको संविधानले नैतिक पतन भएको वा फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रतिनिधि सभा सदस्य हुन योग्य ठान्दैन । तर, उनको उम्मेदवारी अहिलेसम्म कायम छ ।
सनकले कांग्रेसको भ्रातृ संगठन छोडेका महर आर्मी बन्न सकेनन् । र, राजनीतिक आडमा असुली तथा ठगि गर्ने ‘गुण्डा’ बने । कांग्रेसको राजनीति गर्ने बाबुलाई प्रयोग गर्न नसकेपछि अवसरका लागि एमाले छिरेका उनी टोले गुण्डा हुँदै राजनीतिक गुण्डासम्म बन्न भ्याए । अखिल बनेपछि टोले गुण्डाबाट धन्दा फेरिएको धेरै भएकै छैन । अस्तिसम्म संसदमा बोल्न नजानेकै कारण ट्रोलको सिकार भएकी नविना लामालगायतसँग ठास्सठुस्स गर्ने महर एकाएक अनेरास्ववियुको संयोजक हुँदै एमाले केन्द्रीय सदस्य बने ।
एमाले अध्यक्ष ओलीलाई लोभ, प्रभावमा पारेर प्रतिनिधि सभा सदस्यको टिकट हत्याए । तर नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीसंग हारे ।
खासमा उनको धन्दा आर्मी, प्रहरी बनाइदिन्छु, सरुवा बढुवा गरिदिन्छु भन्दै असुली गर्ने हो । त्यति मात्रै होइन विभिन्न परीक्षामा फेल हुनेलाई पास गराइदिन्छु भन्दै उनले कयौँ व्यक्तिसँग पैसा असुल गरेका छन् । उनको धन्दा र उनीबारे कसैले टिप्पणी मात्रै गरे भने पनि भाइ भारदार तथा टोले गुण्डाको ग्याङ बोकेर हातहतियारसहित भौतिक आक्रमणमा उत्रिहाल्छन् । उनको असली अनुहार यहि हो ।
पृष्ठभूमि
बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ८ स्थायी घर भएका नेपाली कांग्रेस महासमिति सदस्य रामबहादुर महर र रतनादेवी महरको जेठा छोरा हुन्, ऐन महर । र, उनलाई साथ दिने नामुद ‘सन्कि गुण्डा’ अमित महर, उनका सहोदर भाई हुन् । ति दुबै आफुलाई एमाले अध्यक्ष केपी ओलीको छोरै भन्न भ्याउँछन् । ओलीसँग बसेर खिचेको फोटो देखाएर कयौँलाई ब्ल्याकमेल गरि असुली गरेको समेत खुल्न आएको छ ।

एमाले नेता महर मुछिएको अडियोको नालीबेली
पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती
ऐन: म चाहिँ विश्वास र माया हो ।
महिला: मैले चाहिँ विश्वास गरेका हैन ?
ऐन: हिजो जसरी म तँलाई बर्बाद पार्छु सिध्याउँछु तिमिले दुनियाँ कुरा जुन भन्यौँ त्यो कुराले म असाध्यै अचम्मित भयभीत र त्रसित भा’को हु । तिमीसँगको जुन माया र विश्वास थियो अब त्यो चाहिँ रहेन ।
महिला: अब के रह्यो त बाँकी ? म सँग पनि विश्वासको कुरा नै रहेन निँ तपाईँको ।
ऐन: मैले जे कुरा भनेपछि अन्यत्र लगेर सुनाउँदा रहेछौ । अरूको कुरा सुनेर मसँग झगडा गर्न आउँथ्यौ ।
महिला: यति नराम्रो बनाउनु भो, तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या ?
ऐन: छैन, चरित्रहीन हैन । मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेको । तिमीले मसँग सम्बन्ध भयो भनिरहँदा मैले होइन, उसले रिसले भनिरहेको छ भनेर मैले जोगाएको हुँ ।
महिला: मैले त सवैलाई (परिवार)मा भनेँ नि त । अब १० चोटि कत्ति एउटै कुरा गर्ने ? तपाईँले औषधी किन्देको भए केही हुने थिएन । तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको हो क्या । तपाईँले मलाइ जस्ट युज मात्रै गरेको रै’छ मलाई थाहा भयो । म कति रोएँ क्या त्यो बेला ।
ऐन: युज को कुरा गर्छौ, युज त तिमीले मलाई गरेको फिल भैराछ ।
महिला: सेक्स गरेको भनेर औषधि किन्दिनु भनेर म (उसलाई) भन्नु ?
ऐन: तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?
महिला: नोबाल्नु नत, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।
ऐन: ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?
महिला: मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?
ऐन: मैले भाइहरूलाई पनि बोलाएर भनेँ । गल्ती भयो भाइ हो, ऊसँग नजिक थिएँ भनेको छु । तर, धम्की दिएको छैन ।
महिला: धम्की किन दिएको छैन, घर वरपर आएर ? मलाई मार्ने भए मार्नु, म तपाईंकै अगाडि मर्दिन्छु ।
ऐन: मर्ने मार्ने कुरा नगर, मलाई मार्नु पनि छैन । मेरो कुरा के भने, तिम्रो पनि इज्जत जोगियोस् भविष्य बनोस् ।
महिला: मेरो त भविष्य खतम भैसकेको छ । डिभोर्स गर्छु । तपाईँको के हो ?
ऐन: डिभोर्स नगर, मिलेर बस । जुन तिमीहरू मिलेकै छौँ नाटक जस्तो लागिरा’छ तिमीहरूको । अहिले मेरा विरुद्ध पनि सँगै हिँडिरहेका छौ । तर, हिजो जसरी भन्यौ म रातभर सुत्न सकेको छैन । डिभोर्स नगर, मिलेर बस त्यसको लागि के वातावरण बनाउनुपर्छ , मैले के सहयोग गर्नुपर्छ ? आत्मीयता, साथ सहयोग मेरो रहन्छ । कहिल्यै नराम्रो गर्दिनँ, नराम्रो सोच्दिनँ ।
महिला: आज भने आज भोलि भने भोलि डिभोर्स दिन्छु, साइन गर्न बाँकी त हो नि !