विवादित पृष्ठभूमि आफैँमा घातक छँदै छ, याे कुरा सबैलाई थाहा भएकै कुरा हाे, अब कुरा गराैं नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरकाे बिषयमा । खप्तडटिभी डटकमले बारम्बार विभिन्न मिति तथा शीर्षकमा समाचार प्रकाशन गरेपछि एमालेले बाध्य भएर लाजकाज बर्खास्त गरेकाे छ ।
पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती
केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महरलाई बर्खास्त गरेको हो । तर यो सूचना सार्वजनिक गर्दा एमालेले राजीनामा स्वीकृत गरेको भनेको छ । स्राेतका अनुसार राजीनामा स्वीकृत गरेको नभइ उनलाई बर्खास्त गरिएको हो ।
२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीसँग पराजित भएका थिए ।
महर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नजिकमा व्यक्ती हुन् । महरविरूद्ध केही समयअघि मात्रै खप्तडटिभीले उनको नाममा सामाजिक सञ्जालमा विवादित अडिओ र भिडिओ भाइरलकाे बिषयमा समाचार समेत प्रकाशन गरेकाे थियाे। महर एमाले निकट अनेरास्ववियूका संयोजकसमेत भइसकेका छन्।