विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।
राजनीतिक नेतृत्वलाई जोगाउने गरी आएको उक्त फैसलामा विचौलिया, जग्गा खरिदकर्ता र कर्मचारीहरूलाई सजाय भएको छ।
विशेष अदालतका सदस्यहरु डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी रहेका छन् ।
अदालतले राजीनामा वा बकपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ ।
विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको हाे । अदालतले ललिता निवास जग्गा प्रकरणमा विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको छ ।
अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ ।
बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका छन्।
छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोड भन्दा बढी हानि नोक्सानी गरेको अदालतले ठहर गरेको छ । उनीहरुसँग दामासाही ८० लाख बिगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय भएको छ ।
विशेषले कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको हो।
विशेषले अख्तियारको मागदाबीअनुसार नै उक्त जग्गा जफत हुने फैसला सुनाएको हो। बाँकी ११० जनाविरुद्ध भ्रष्टाचारको कसुर, बिगो र सजायको मागदाबी अख्तियारले गरेको थियो।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र बिचौलियासम्म तानिएका थिए।
यी प्रतिवादीको जग्गा जफत हुने भएको छ-
कल्पना तुलाधर, शर्मिला शाक्य वज्राचार्य, प्रगति कंसाकार,गैरआवासीय नेपाली संघ,कामना गुरुङ, कल्याण गुरुङ, सज्जन कुमार चाचान, देवान्शी गोयल, सरस्वती घले गुरुङ, सरला घले, मनोज कुमार केडिया, मनोज कुमार गौतम, मन्ती गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, अमिताम्भ तुलाधर, उमा प्रसाई, परिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुविस्ता तुलाधर, अञ्जना तुलाधार ताम्राकार, चन्द्रिका कंसाकार तुलाधर, सानुछोरी बज्राचार्य, सिपिका खेतान, सुष्मा वज्राचार्य शाक्य, सन्ध्या शाक्य, संगीता राखेचा, काठोरी बोधरा, नूतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल वंशल,सरिता मानन्धर श्रेष्ठ,गीता गौतम खनाल, नितु गुरुङ,रीता ओझा गौतम,रत्नहीरा बज्राचार्य,प्रतिमा वैद्य प्रधान, प्रवीण ताम्राकार,विजय ताम्राकार,माया शेर्पा गौचन,महेशराजा तुलाधर,द्वारिकादेवी श्रेष्ठ,इन्द्रदेव गुरुङ,इन्दु शर्मा,सन्दीप ढकाल,भवानी जोशी,भारती पाण्डे,विवेक कुमार सुवेदी,केशव तुलाधर,अनिता देवी कंसाकार,ओमवीरमान ताम्राकार,अनिलमान ताम्राकार,गोविन्दलाल संघाई,गायत्री श्रेष्ठ कंसाकार,सानुकान्छा भन्ने पञ्च नारायण महर्जन,राधा सिग्देल आचार्य,मचाबाबु प्रजापति,रुपेशकुमार सुवेदी,सरोज ढकाल,पहलमान गुरुङ,पुरुषोत्तम पौडेल,प्रमोद शेरचन,कनक हर्बल,अच्युतराज श्रेष्ठ,विजेन्द्र जोशी,द्रीलक्ष्मी श्रेष्ठलगायत आदी रहेका छन्।
केसीएलको कालो कर्तुत, जताततै सरकारी जग्गा मिचेर करोडौँको हाउजिङ निर्माण