वि.सं.२०८३ भदौ २७ शनिवार

शारडाको बाक्लो नेपाल–भारत आउजाउमाथि प्रश्न, सुन तस्करीको आरोपले थपियो शंका

सुन तस्करीको आरोप खेपिरहेका शारडा

सुनचाँदी ब्यवसायी महासँघका केन्द्रीय सदस्य बिकाश शारडाको बाक्लो नेपाल भारतमा आउजाउलाई शंकास्पद रुपमा हेरिएको छ ।

सुन तस्करीको आरोप खेपिरहेका शारडाको बाक्लो नेपाल भारत आउजाउले उनीमाथि थप शंका उत्पन्न गराएको स्थानीय ब्यापारीहरु बताउँछन् ।
शारडा आफ्नो र परिवारका सदस्यहरुको उपचारका लागि भन्दै पटक–पटक भारत जाने गरेका छन् ।

‘शारडा महिनामा १० पटकभन्दा बढी नेपाल भारत आउजाउ गर्दै आएका छन्’ , लहान उधोग ब्यापार सँघका एक पदाधिकारीले भने , आफू र आफ्नो परिवारको उपचारका लागि भन्दै उनी बारम्बार नेपाल–भारत आउजाउले धेरै शंकाउपशंका उब्जाएका छन् ।

उधोग ब्यापार सँघ सिरहाका पूर्व जिल्ला अध्यक्ष समेत रहेका शारडाले लहानमा सञ्चालन गरेको बिकाश ट्रेडर्श मार्फत सुनचाँदीको अनाधिकृत बिक्रिवितरण गर्दै आएको आरोप खेप्दै आएका छन् ।

यसैबिच तीज लगायतका चाडबाड नजिकिएसँगै भारतबाट सुन तस्करी बढेको स्रोतको दाबी छ । लहानका ठुला भनिएका सुनचाँदी ब्यापारीहरुले खुल्ला सीमाको फाईदा उठाउँदै भन्सार छलेर भारतबाट सुनचाँदीका गहना भित्र्याउने र लहानबाट भ्याटबिल काटेर देशका प्रमुख शहरहरुमा बितरण गर्दै आएको नयाँ कुरा होईन , तर चाडबाड बढेसँगै सुनचाँदीका गहनाको तस्करी धेरै नै बढेको स्रोतको दाबी छ ।

नयाँ सरकार बनेयता नेपाल भारत–सीमा क्षेत्रमा हुँदै आएको तस्करी नियन्त्रण गरेको गृहमन्त्री सुदन गुरुङले् गर्ने दाबीलाई ठाडो चुनौती दिदै सिरहामा चाडबाड नजिकिएसँगै प्रहरी प्रशासनको सेटिगंमा तस्करी भईरहेको उच्चस्रोतको दाबी छ ।