नेकपा एमालेका अध्यक्ष केपी ओलीका ‘भक्त’ एमाले नेता महेश बस्नेत विभिन्न युवतीसँग जोडिँदै भाइरल हुने गरेका छन्, अहिले खोटाङकी एक महिला नेतृले पनि अर्की महिलालाई ओलीका अर्का ‘भक्त’ सँग जोड्दै न्याय मागेकी छन् ।
प्रमुख सचेतकसमेत भइसकेका खोटाङका नेता विशाल भट्टराईलाई महिलासँग मुछ्दै एक नेतृले पार्टीमा लिखित उजुरी नै दिएकी छन् । बस्नेतका मामिलालाई उनैले सत्य या झुठ जे भए पनि प्रष्ट पार्लान् ।
तर, अहिले एमालेको खोटाङ जिल्ला कमिटी र केन्द्रीय कमिटीमा, अनुशासन आयोग, प्रदेश कमिटी र अनेमसंघको केन्द्रीय कार्यालयलाई बोधार्थ दिइएको उजुरीले अर्की स्वाभिमानी र क्षमतावान नेतृ वीणादेवी राईमाथि धावा बोलिएको छ ।
एमाले खोटाङकै सचिवालय सदस्य गोमा मगरले उजुरी दिएकी हुन्। जीवनका थुप्रै सुख र सम्भावना त्यागेर राजनीतिमा हिँडेका विशाल भट्टराई र त्यस्तै पौरखी र आत्मनिर्भर वीणादेवीलाई चारित्रिक मामिलामा मुछिएको उक्त उजुरीलाई लिएर खोटाङतिर ‘हो’ भन्ने बढी, काठमाडौंमा चाहिँ ‘हैन होला’ भन्ने बढी पाइन्छन् ।
उजुरकर्ता मगर गत वर्ष सम्पन्न स्थानीय निर्वाचनमा बराहपोखरी गाउँपालिकाको अध्यक्षकी उम्मेदवार थिइन् । चुनाव हारिन् । त्यसपछि चुनावमा लागेको ऋण, सापटी तिर्ने चटारोले जिल्ला छाडेर ०७९ पुस १४ गते भारत बस्ने आफन्त भेट्ने क्रममा सप्तरी पुगिन् । त्यहाँ उनका शुभचिन्तकले यति राम्रो राजनीतिक सम्भावना भएको व्यक्ति यसरी भौँतारिएर हिँड्न नहुने सुझाव दिँदै आफ्ना पिरमर्का तत्कालिन जिल्ला इञ्चार्ज विशाललाई पोख्न सुझाव दिए ।
भारत गए पनि पार्टीलाई सोधेरै जान्छु भनी धेरैपटक विशालसँग कुरा गर्न खोजिन् । सशरीर भेट नभए पनि म्यासेञ्जरमा भिडियो कल भयो, कुराकानी पनि भयो । तर, लगत्तै उनकै म्यासेञ्जरबाट ‘एसएमएस नगर’ भन्ने टेक्स्ट आयो । त्यसपछि विशालकै म्यासेञ्जरबाट गोमा मगरलाई दुईपटक भिडियो कल गयो, तर उनी स्वयंले अनुहारसमेत देखाएनन् । तेस्रोपटकको भिडियो कलमा वीणा देखा परेको कुरा गोमाले उजुरीमा लेखेकी छन् ।
वीणालाई विशालको म्यासेञ्जरबाट भएको भिडियो कलमा देखेपछि गोमाले कल काटिन् । त्यसपछि टेक्स्ट आयो, ‘एसएमएस नगर । तँ को होस् ? यहाँ एसएमएस नगर भनेको होइन ?’ गोमाले विशाललाई यही कुरा सुनाइन् । तर, विशालले ‘यस्तो कुरा हुनैसक्दैन’ भन्ने जवाफ दिएको उजुरीमा उल्लेख छ । तर, उनले केही दिनदेखि आफ्नो म्यासेञ्जर कलको दुरूपयोग भएकोमा शंका लागेको बताए ।
चिनेकै मान्छे भिडियो कलमा देखिएको कारण ती महिलामाथि कारवाही हुनुपर्ने माग गोमाले राखिन् । विशालले ‘भोलि साइबरमा गएर हेर्छु’ भन्ने जवाफ दिए । आफूमाथि वीणाले अपमानजनक र अनुशासनहीन शब्दबाट गाली गरी मानसिक पीडा दिएको आरोप उनले लगाएकी छन् । उनको माग छ, ‘पार्टी अनुशासनविपरित कार्यकर्तालाई म्यासेज गर्ने कार्यले पार्टीभित्र जनताको विश्वास नरहने । कार्यकर्ताले सधैं दबाब खेप्नुपर्ने भएको हुँदा यस्तो अनुशासनहीन कार्यको तत्काल छानवीन गरी आवश्यक कारवाही गरियोस् ।’
गोमाले उजुरीको साथमा आफूलाई म्यासेञ्जरमा लेखिएको टेक्स्ट पनि संलग्न गरेकी छन् । तर, वीणाले यस्ता हावादारी कुरा पत्याउनु नै व्यर्थ हुने बताइन् । ‘राजनीतिमा मान्छेलाई खुइल्याउन, सिध्याउन जे पनि भन्ने, जे पनि गर्ने चलन छ । म यस्ता कुरामा लाग्ने मान्छे नै होइन’, उनले भनिन् । वीणा पत्रकारपत्नी हुन् । नेपालमा पत्रिका नामको चिर्कटो देखाएर देश–दुनियाँ बेच्न पल्किएका थुप्रै छन् । तर, वीणाका पति त्यस्तो अनुचित काम स्वीकार नगरी खाडी मुलुकमा रोजगारी गरेर परिवार पाल्छन् । त्यही परिवारकी सदस्यले यस्तो गर्लिन् भनेर पत्याउनेहरू कमै छन् ।
महेश, ऐन, राजिव, मोहन
महिलाको मामिलासँगै गुण्डागर्दीलाई प्रश्रय दिँदै आएको र घरेलु हिंसासमेत मच्चाएको भन्दै एमाले अध्यक्ष केपी ओली केही युवा नेतालाई कारवाही गर्ने मनस्थितिमा रहनुभएको एमाले महासचिव शंकर पोखरेलको सचिवालयका एक सदस्यले बताएका छन् ।
आफू यताउता जाँदा गाडी र मोटरसाइकलबाट एस्कर्टिङ गर्नेहरुले नै नाम बेचेर उठ्तीपुठ्ती चलाइरहेको, यही कारण पार्टीभित्र असन्तुष्टि बढेको, संरक्षणकर्ताका रुपमा आफ्नै छवि खराब हुँदै गएको पृष्ठभूमि केलाउँदै छिट्टै नै केही महिना निलम्बनको सोचमा अध्यक्ष ओली पुगिसकेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखेल निकटस्थ केन्द्रीय सदस्यहरुले बताए ।
पार्टीलाई संकट परेको बेला हिम्मतका साथ मैदानमा उत्रिएर लोकप्रियता कमाएका पोलिटब्युरो सदस्य महेश बस्नेत महिलाकै कारण अहिले चौतर्फी घेरामा परेका छन् ।
एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल
अझै पनि राजनीतिक मञ्चमा उनी एजेण्डा र भूमिकाका कारण चर्चामै छन् । ओलीको साथ पाएकै छन्, उनलाई ‘नसिध्याई’ थाक्दिनँ भन्ने दुर्गा प्रसाईं र माओवादीहरूको तारो पनि बनेकै छन् ।
‘महाअभियान’चलाइरहेका दुर्गा प्रसाईं कार्यालयमा झ्यालबाट छिर्छन्, ‘कालो मोसो’सम्झेर थर्थर काँप्छन्
पार्टीभित्रै गोकुल बाँस्कोटाहरूले देखि नसहने स्थितिमा छन् । यी अवस्था आउनुको कारण राजनीतिक हो, तर चारित्रिक विषयले उनलाई माथिका तमाम राजनीतिक विषयबाट विषयान्तर गर्ने भएको छ ।
महेश बस्नेतसँगै अखिलका पूर्वअध्यक्ष ऐन महर, युवा संघका पूर्वअध्यक्ष राजिव पहारी र पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहन बानियाँहरू पनि यस्तै प्रकरणमा मुछिएका छन् ।
ऐन एक वर्षदेखि महिलासँगको सम्बन्धलाई लिएर तनावमा गुज्रिँदै आएका छन् । ७ गतेदेखि शुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकबाट केही महिला नेतृले यी सबै नेताबारे उठेका प्रश्नलाई निरूपण गर्नुपर्ने माग गरेका छन् ।
३ वर्ष अगाडि धुलिखेलको एउटा होटलबाट शुरु भएको उठबस लम्बिँदै जाँदा महेशले धादिङ, चैनपुरकी शोभा पाठकलाई लिएर २ महिनाअघि एउटै जहाजमा दिल्ली गएको, गर्भपतन गरेको, त्यहाँको अस्पताल, होटलमा बसेको प्रमाण महासचिवसमक्ष पेश भएको छ । शोभा पैसा वा पद लिएर मिल्न राजी छैनन् ।
उनी बरु बहुविवाहमा जेल जान तयार, तर त्यसै छाड्दिन भन्छिन् । कतिपयले वाह्य वा आन्तरिक चलखेलका कारण शोभा परिचालित भएको पनि भन्ने गरेका छन् । पार्टी महासचिव शंकर पोखरेलसामु शोभाले कुरा राख्दा उनले हप्काउँदै भनेका थिए, ‘तिमी विवाहित, महेश पनि विवाहित । त्यो कुरा जान्दाजान्दै किन लसपस ?’
शोभा प्रकरणमा माउण्टेन टेलिभिजनका मालिक राजु कँडेल पनि जोडिएको र उनले आफूलाई शेयर दिएर सञ्चयकोषको ऋण पनि बोकाइदिएको शोभाको गुनासो छ । ऋण राजुले लिएपछि शोभालाई कम्पनी नामसारि गरिदिएको र धितो लिलामी निस्कने भएपछि वकिल गणेश केसीले कुरा मिलाइदिएको बताइन्छ । जनआस्थाकाे सहयाेगमा उक्त समाचार प्रकाशित गरिएकाे हाे ।