वि.सं.२०८३ जेठ १३ बुधवार

आयोगको प्रतिवेदनले तरंग : रास्वपाका १५ सांसदमाथि कारबाही माग

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धानपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनभन्दा बढी सांसदमाथि कारबाही गर्न सिफारिस गरेको छ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलन तथा प्रदर्शनका क्रममा केही सांसदहरूको भूमिका विवादास्पद देखिएको उल्लेख गर्दै थप अनुसन्धान र कानुनी कारबाहीको आवश्यकता औंल्याएको हो।

प्रतिवेदनअनुसार कारबाही सिफारिस गरिएका सांसदहरूमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संगौला, सुधन गुरुङ, आशिका तामाङ, शोम शर्मा र हरि ढकाल रहेका छन्।

आयोगले घटनाका क्रममा मानवअधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।