कञ्चनपुरको भीमदत्त नगरपालिका–वडा नम्बर २ उल्टाखामका ३३ वर्षका चन्कु डगौरा विगत तीन महिनादेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको छ।
परिवारका अनुसार चन्कु अन्तिमपटक सम्पर्क भएको मिति२०८३ असार १८ गते देखि सम्पर्कविहीन भएका हुन्।
उनी घरबाट निस्किएपछि लामो समयसम्म सम्पर्कमा नआएपछि परिवार तथा आफन्तले सम्भावित ठाउँहरूमा खोजी गरे पनि अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।
परिवारले आफन्त, साथीभाइ तथा चिनजानका व्यक्तिहरूसँग समेत चन्कुबारे जानकारी लिँदै खोजी गरिरहेको जनाएको छ। तीन महिनासम्म पनि कुनै जानकारी नआएपछि परिवारले उनको सुरक्षित अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।
परिवारले चन्कुलाई कसैले देखेको वा उनको अवस्थाबारे कुनै जानकारी पाएको भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन आग्रह गरेको छ।
घटनाबारे प्रहरीमा निवेदन/उजुरी दिएको छ र प्रहरीले समेत खोजी कार्य अघि बढाइरहेको परिवारले जनाएको छ। प्रहरीका अनुसार उजुरि दिएसङै प्रहरीले खोजि कार्य अगाडि बढाएको छ।
प्राप्त हुने जो–कोहीले 970-9100988/100 यो नम्बर मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।































