वि.सं.२०८३ भदौ ११ बिहीवार

रिता पौडेलको ‘एकपछि अर्काे कर्तुत’ ! अदालतबाट १ लाख ५० हजार धरौटीमा रिहा

पौडेलले आफू सरकारी वकिलकाे गर्लफ्रेन्ड हुँ भन्दै ठगी गरेकाे

खप्तडटिभीले २०८३ असार १७ गते “आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा” शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

आईजीपी दान बहादुर कार्कीकै नाममा पैसा उठाएको समाचार आएपछि प्रहरी प्रधान कार्यालयले तत्कालै यो विषयमा चासो लियो र चर्चामा आएको थियो।

आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा

उक्त समाचार प्रकाशित गर्नुभन्दा पहिले नै खप्तडटिभीले आईजीपी दान बहादुर कार्कीलाई व्हाट्सएपमार्फत प्रमाण पठाएकाे थियाे ।

कार्कीलाई व्हाट्सएपमार्फत पठाएकाे प्रमाण

त्यसपछि उक्त समाचार खप्तडटिभीले प्रकाशित गरेपछि लमजुङ मध्यनेपाल नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएकी ३३ वर्षीया रिता पौडेललाई प्रहरीले प्रकाउ गर्याे ।

सुरुमा प्रहरी प्रधान कार्यालयले नै झूटो समाचार हालेर महानिरीक्षक कार्कीको बदनाम गराउन खोजेको भन्दै तत्काल समाचार हटाउन नेपाल प्रहरीका एसपी धर्म भण्डारीले केही सञ्चारमाध्यमलाई फोन गरी समाचार हटाउन दबाब दिएको थियो।

खप्तडटिभी समाचार प्रभाव : आईजीपीको नाम लिएर धाकधम्की दिने रिता पौडेल पक्राउ

यता, आफूमाथि प्रकाशित समाचारको विरोध गर्दै रिता पौडेल प्रेस काउन्सिल नेपालमा केही प्रहरी लिएर खप्तडटिभीका पत्रकार गणेश विकबिरूद्ध उजुरी हाल्न पुगेकाे स्राेतकाे दाबी छ ।

पौडेलले आफू नेपाल प्रहरीका एक डीएसपीकी श्रीमती भएको परिचय दिँदै विभिन्न व्यक्ति तथा समूहमा प्रभाव जमाउने प्रयास गरेकी थिइन्।

त्यसकाे केही समयपछि सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले रितालाई सापक्राउ गरी कार्यालयमा लगेर सोधपुछ सुरु गर्‍यो । सोधपुछमा उनले आफूले कुनै प्रहरी कर्मचारीको नाम लिएर धम्की नदिएको र रकम नउठाएको दाबी गरिन् ।

तर प्रहरीले उनीमाथि अनुसन्धान अगाडि बढायो । अनुसन्धान किन बढायो भने प्रहरीसँग उनले आफू प्रहरी कर्मचारी भएको, भर्खरै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग भेटघाट गरेको, लागू औषधको ठुलो कारोबारीलाई भर्खरै पक्राउ गरेको, आफू एक डिएसपीको श्रीमती रहेको लगायतका कुराहरू गर्ने गरेकी थिइन् ।

लागू औषधको ठुलो कारोबारीलाई भर्खरै पक्राउ गरेको भनी झुट बाेल्दै ब्ल्याकमेलिङ

त्यसको अडियो प्रमाण र केही स्कृनसटहरु खप्तडटिभीले समाचार प्रकाशित गर्नुभन्दा पहिला नै प्रहरी प्रधान कार्यालयलाई व्हाट्सएपमार्फत प्रमाण पठाएकाे थियाे ।

आईजीपीको नामकाे दुरुपयोग

तर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अर्थात् अपराध महाशाखाका प्रहरीसँग न उनको सम्बन्धमा कुनै जाहेरी वा उजुरी थियो, न अन्य कुनै थप जानकारी नै थियो । यद्यपि प्रहरीले उनको भूमिकामा शंका लागेपछि उनको मोबाइल बैंकिङ, बैंक स्टेटमेन्ट, च्याट डिटेल, कल रेकर्ड लगायतका विवरण हेर्न थालेको थियो ।

रिताबाट पीडित बनेका परिवर्तित नाम रामले व्हाट्सएपमार्फत प्रमाण खप्तडटिभीलाई पठाए सकेका थिए ।

वैदेशिक रोजगारीका लागी विदेशमा रहेका युवकतर्फबाट उनकी पत्नी परिवर्तित नाम सिताले आपराधिक विश्वासघात गरेको (दफा २५२ (एक्सटर्सन) सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी हुन्।

यिनै रिता पौडेलबाट पीडित बनेकी सिताका श्रीमान् रामलाई हनी ट्र्यापमा पारी ७९ लाख रुपैयाँ लिइसकेको र थप रकमका लागि समेत ब्ल्याकमेल गरिरहेकी थिइन् ।

रिता पौडेलले ‘ब्ल्याकमेल’ गरी ७९ लाख असुलेको आरोप, पीडित पक्षद्वारा प्रहरीमा जाहेरी

तर सुरुमा प्रहरी वृत्त कालीमाटीले जाहेरी लिन नै आनाकानी गर्‍यो । प्रहरीलाई रिताले पठाएको म्यासेजको स्कृनसटहरु, प्रहरी हो भनी बताएको अडियो रेकर्डहरू ब्ल्याकमेल गरिरहेको म्यासेजको स्कृन सट आदि सबै देखाउँदा पनि कालीमाटी प्रहरीले आनाकानी गरेको थियाे, खप्तडटिभीले ‘पटक-पटक’, ‘दोहोर्याएर’ फलाेअफ गरेपछि उक्त जाहेरी दर्ता गरेकाे थियाे ।

त्यसपछि प्रहरीलाई दबाब परेपछि प्रहरी वृत्त कालीमाटीले रिताविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा गत साउन २५ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा नं. ०८३-C१-०८९० दायर गर्‍यो ।

उक्त मुद्दामा साउन २६ गते न्यायाधीश ध्रुवकुमार ढकालको इजलासमा बयान भएको थियो ।

उक्त दिन थुनछेक बहस नसकिएपछि उक्त मुद्दालाई साउन २७ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

साउन २७ गते थुनछेक प्रयोजनका लागि सुनुवाइ हुँदा न्यायाधीश ढकालले रितासँग १ लाख ५० हजार रुपैयाँ मात्रै धरौटी माग गरेका थिए । सो धरौटी बुझाएर रिता रिहा भएकी छिन् ।

the case rita

तर यहाँ फेरी रिता पौडेलको अर्काे कर्तुतबारे केही पीडित व्यक्तिहरू खप्तडटिभीकाे सम्पर्कमा आएका छन् ।

पौडेलले ६ साल पहिला प्रोफेसनल रेसलर (फाइटर) मुना श्रेष्ठलाई ६ लाखकाे चेक दिएर ठगी गरेर बेपत्ता भएकाे समाजिक संलाल फेसबुकमा पाेस्ट गरेकी छन् ।

पौडेलबाट अर्का पीडित टप राजधानी दोहोरीका संचालक प्रकाश कटुवालकाे ४० हजार रूपयाँ ठगेकाे बताएका छन् । पौडेलले आफू सरकारी वकिलकाे गर्लफ्रेन्ड हुँ भन्दै ठगी गरेकाे बताएका हुन् ।

अदालती प्रक्रियामा पीडितको पहिचान गोप्य राखिएकाे छ : सम्पादक