वि.सं.२०८१ माघ ६ आइतवार

प्रधानमन्त्री ओलीलाई रश्मिला धामीको प्रश्न- ऐन महरलाई कहिले कारबाही हुन्छ ?

नेकपा एमाले नेता ऐन महरलाई कारबाहीको लागि पीडित रश्मिला धामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेकी छन् ।

धामीले पत्रकार सम्मेलनको आयोजना गरी महरबाट आफू र आफ्नो परिवार असुरक्षित भएको दाबी छ ।

धामीलाई मङ्गलवार आमरण अनसन स्थलमा राजमति बम ‘रक्षा’ को टोलीले प्रहरीको सामुन्ने नै आक्रमण गरेपछि उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई न्याय तथा सुरक्षाको लागि सार्वजनिक अपिल गरेकी हुन् ।

खप्तडटिभीकाे प्रभाव : एमालेले ऐन महरलाई गर्‍यो बर्खास्त

‘म र अभियन्ता आरती रावल गिरीलाई प्रहरीकै अगाडी कुटपिट भयो, के हामीले सडकमा धर्ना बस्न पनि नपाइने हो ? एमाले पार्टीको खोल ओढेर, सत्ता र शक्तिको बलमा हामीलाई मार्ने षड्यन्त्र गरिरहेको छ l’ धामीले भनिन् ।

नेता महरले पार्टी भित्रका कयौँ महिलाहरूलाई यौन शोषण गर्दै आइरहेको आरोपसमेत रश्मिलाले लगाइन् । उच्च अदालत पाटनमा विगत डेढ वर्षदेखि ऐन महरविरुद्धको जबरजस्ती करणी मुद्दा चलिरहेको छ ।

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’

यही कारणले उनले आमरण अनशनको बाटो रोज्नुपरेको बताइन् । ‘अभियन्ता आरती रावल गिरीले पनि नेपालका राजनीतिक दलहरूमा महरजस्ता व्यक्तिहरू संरक्षण पाइरहेको आरोप लगाइन् । ‘यस्ता अपराधीलाई नेताहरूले नै बचाउने प्रयास गर्छन्, जसले न्याय प्रणालीलाई कमजोर बनाउँछ,’ उनले भनिन् ।

रश्मिलाले प्रधानमन्त्री ओलीसँग न्यायको लागि हस्तक्षेप गर्न आग्रह गर्दै भनिन्, ‘म आफ्नो र छोराको जीवन बचाउन संघर्ष गरिरहेकी छु । अब सरकार र समाजले मेरो आवाज सुन्नुपर्छ।’ रश्मिलाले विगतमा न्याय नपाउँदा आत्मदाहको प्रयास गरेकी थिइन् ।

यौनकाण्डले डामिएका एमाले नेता

 

ऐन महरका थप समाचार पढ्नुहाेस्..