वि.सं.२०८१ जेठ ६ आइतवार

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’

धुलिखेलको एउटा होटलमा अनैतिक सम्बन्ध

काठमाडौं । कतै नभएको जात्रा हाँडीगाउँमा भनेझै भएको छ अहिले एमालेभित्र । विशेष गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै कार्यकर्तालाई लाखा र पाखा गरिरहेका छन् । ओलीले यसरी लाखा पाखा लगाउने काम गरेका हुन् पार्टीका केन्द्रीय सदस्य ऐन महर र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई ।

यी नेताकाे नियत बिग्रिएपछि ऐन महर र सिराज अहमद बर्खास्तमा परे

उनीहरु दुबै जना यौनकाण्डमा मुछिएका पात्र हुन । जसमध्य महरको श्रीमतीसँग छोडपत्र नै भइसकेको छ भने बस्नेतको घर झगडा भुसको आगोझै सल्किरहेको छ । अखिलका पूर्वअध्यक्ष समेत रहेका महर र युवा संघका इन्चार्ज रहेका बस्नेत परस्त्रीसँग सम्बन्ध गाँसेको आरोप लागेको मात्र होईन उनीहरुले ती महिलासँग गरेका अन्तरंग सम्बन्ध समेत छताछुल्ल भइसकेको छ ।

तल्लो र माथिल्लो कमिटीमा रहेका उनीहरूमाथि लागेको आरोपको विधानतः एउटै विधिबाट छिनोफानो हुनुपर्ने भएपनि पार्टी अध्यक्ष ओलीको ठाडो आदेशमा एउटै काण्डमा मुछिएपनि फरक खालको ब्यवहार गरिएको छ ।

एक वर्षदेखि महिलासँगको सम्बन्धलाई लिएर विवादमा मुछिएका ऐन र पार्टीको नाममा रकम उठाएर खाएको आरोप लागेका अर्का केन्द्रीय सदस्य सिराज अहमद फारुकीलाई स्पष्टीकरणको मौकासमेत नदिई कारवाहीको डण्डा बर्साएको एमालेले बस्नेतको हकमा भने कुनै पनि निर्णय गर्न सकेको छैन । जबकि ऐन र फारुकीको भन्दा बढी विवादित छ बनिरहेको छ महेशको यौन काण्ड ।

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

सडकमा ‘आई लभ यु केपी बा’ को नारा लगाएर राजनीतिमा छलाङ मारेका महेशविरुद्ध धादिङबाट ४ पटक बिहे गरिसकेकी विवाहित महिलासँग धुलिखेलको एउटा होटलमा भेट भएदेखि निरन्तर अनैतिक सम्बन्धमा रहेको मौखिक उजुरी परेको थियो ।

पार्टीका जिम्मेवार नेतामाथि लागेको यति ठूलो संगिन आरोपको न छानबिन भयो, न त कुनै निर्णय नै । बरु उल्टै ती महिलामाथि गत साता महेशका मान्छेले कुटपिट गरेको भन्दै लगिएको अर्को उजुरी केन्द्रीय कार्यालयले दर्तासमेत गर्न मानेको छैन ।

बस्नेतले ‘कान्छी’ बनाएर राखेको भनिएकी महिला हुन्, धादिङकी शोभा (जानुका) पाठक । उनलाई बस्नेतले बिजुली बजारको पुलनजिकै एउटा ‘भिआइपी’ अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर राखेका थिए ।

महेशका हितैषी भनिने अग्रवाल थरका व्यक्तिको उक्त अपार्टमेन्ट सुरक्षित मानिन्छ । पूर्वयुवराज पारस शाहको पनि त्यहाँ बसाइ छ । पर्साका एमाले सांसद राजकुमार गुप्ता र कांग्रेसनिकट ट्रेड युनियन छाडेर अहिले दुर्गा प्रसाईंको अभियानमा हिँडेकी रिता खनालसमेत सोही अपार्टमेन्टमा बस्छिन् ।

शोभामाथि बिहान ११ बजे आक्रमण भएलगत्तै सोधखोजमा जुटेका गुप्तालाई पछि १०-१५ जना युवाले तपाईं हाम्रै पार्टीको सांसद भएर युवा संघको इञ्चार्जलाई अप्ठ्यारो पार्ने भन्दै हप्की दप्की गरेको कुरा बाहिर आएको छ ।

यसरी महँगो अपार्टमेन्टमा फ्ल्याट लिएर सुरक्षित तवरले सम्बन्ध अघि बढिरहँदा अन्तरंग राजा-रानीका प्रमाणहरू छताछुल्ल भएपछि तनावमा परेका महेश आक्रमणमै उत्रिएका हुन् । थप प्रमाण बाहिर आउन नदिने उद्देश्यले आफ्ना मान्छे लगाएर उनले दिउँसै आक्रमण गरी आपत्तिजनक संवादका २ हजार वटा स्क्रिनसट र अडियो/भिडियो भएको मोबाइल हत्याएको शोभाले बताएकी छन् ।

प्रमाण नष्ट गराउने उद्देश्यले आफ्नो मोबाइल खोसेर लगेको महेशलाई किटान नगरी उनले तत्काल बानेश्वर प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

यता, सोही साँझ टेकु प्रहरीले लिन नमानेको जबर्जस्ती करणीको जाहेरी र पार्टी कार्यालयले दर्ता नगरेको उजुरीमा भने महेशको नाम किटान नगरिएको स्रोतको दाबी छ ।

उजुरी बोकेर प्रहरी र एमाले मुख्यालय धाएकी शोभाले आक्रमणकारीलाई कारबाही गराएरै छाड्ने अठोट लिएकी छिन् । तर, परिस्थिति उनले चाहेअनुसार हुने देखिदैन ।

अपार्टमेन्टका मालिक महेशका खास मान्छे भएकाले सिसिटिभी फुटेज नष्ट गरिने सम्भावना छ । त्यस्तै, बानेश्वर प्रहरीको कमाण्ड एमालेनिकट वकिल राधिका खतिवडाका श्रीमान् डिएसपी शिवराज बुढाथोकीले गरेका छन्।

यसमा सबैतिर मिलाएर महेशले आफ्नो हात माथि पारे शोभासँग चुपचाप बस्नुको विकल्प हुँदैन । यता, केन्द्रीय सदस्यद्वय फारुकी र ऐनमाथिको कारबाही विधानसम्मत नभएको भन्दै उनीहरूले कानुनी चुनौती दिन सक्ने एकथरी एमाले नेताहरूले अनुमान गरेका छन् ।

पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती

एमालेको विधानअनुसार स्पष्टीकरणको मौका नदिई ठाडो कारवाही गर्न पाइँदैन । कारवाहीअघि छानबिन गरी त्यसले दिने निचोडका आधारमा केन्द्रीय कमिटीले मात्रै निर्णय गर्न पाउँछ ।

तर, यी दुईको हकमा न स्पष्टीकरण सोधियो, न त केन्द्रीय समितिमा छलफल नै भयो । बरु ‘राजीनामा’ दिन लगाएर जबर्जस्ती गलहत्याइएको देखिन्छ ।

ऐन महरका थप समाचार पढ्नुहाेस्..

  1. माफ गर्नुहोला कमरेड ऐन महर ! म तपाईलाई भोट हाल्दिन..!
  2. अपराधिक पृष्ठभूमिका ऐन महर बझाङमा भोट किन्न अनेक गर्दै ?, ४ करोडको हल्ला
  3. चुनावका बेला ऐन महरलाई आपतै आपत, गोली चलाएको भिडियो बन्यो भाईरल..!