वि.सं.२०८१ जेठ ६ आइतवार

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

पछिल्लाे समय सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । बन्द कोठाको बेडमा खिचिएको उक्त भिडियोमा एक पुरुष र महिला देखिएका छन् । उनीहरू रोमान्टिक मुडमा छन् ।

सामाजिक सञ्जालकाे टिकटक एप्सबाट भाइरल भएको उक्त भिडियोमा देखिएका पुरुष एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेत दाबी गरिएको छ । एमाले नेताको ‘रंग लीला’ भन्दै उक्त भिडियो सेयर गर्नेहरूको संख्या बढ्दै गएको छ । उक्त भिडियाे ३० सेकेन्डकाे रहेकाे छ । र, उक्त भिडियाेमा बस्नेत जस्तै अनुहार भएका मानिस ९ सेकेन्डदेखी १५ सेकेन्डसम्म देखिएकाे देखिन्छन्।

भिडियोमा महिला टिकटक बनाइरहेका छन् भने महेश बस्नेत दाबी गरिएका पुरुष चाहिँ ओछ्यानमा पल्टेका छन् । भिडियोमा देखिएका पुरुषको अनुहार बस्नेतसँग मिल्दो देखिन्छ । महिलाले सेल्फी स्टाइलमा रेकर्ड गरिरहेको भिडियोको सुरुमा उक्त पुरुष पनि देखिन्छन् । तर, भिडियो रेकर्ड भइरहेको थाहा पाएपछि सिरकले अनुहार छोपेको देखिन्छ ।

भिडियो भाइरल भएपछि बस्नेतले फेसबुकमार्फत केही व्यक्तिहरूको नाम तोकेर आफूलाई बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको र एआई प्रयोग गरेर एडिट भर्सनबाट फेक भिडियो बनाइएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखका छन्– ‘एमाले नेताहरू र विशेष गरी मलाईसमेत बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको छ । मनोज मानव भन्ने युटुवेले धेरै मान्छेको चरित्रहत्या गर्ने शृङखला चलाइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग गरेर एडिट भर्सनबाट फेक भिडियो जेनेरेट गरेर मेरो चरित्र हत्या गर्ने हर्कत गरेको छ ।’

उनले फेसबुकमार्फत पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकलाई भ्रममा नपर्न अनुरोध गर्दै यथार्थ सबै छिटो बाहिर आउनुका साथै अराजकतावादी र अपराधीहरुलाई कारबाहीकाे दायरामा ल्याइने समेत बताएका छन् ।

बस्नेतले उक्त भिडियो आफ्नो नभएको र एआईमार्फत फेक भिडियो बनाएर चरित्र हत्या गर्न खोजिएको भने पनि विशेष स्रोतले भने उक्त भिडियोमा देखिएका व्यक्ति बस्नेत नै रहेको बताएको छ ।

स्रोतले दिएको जानकारी अनुसार उक्त भिडियो बस्नेत र युवा संघकै एक नेतृको हो । र, उक्त भिडियो नेपालगन्जमा हालै सम्पन्न युवासँगको नवौँ महाधिवेशनको क्रममा बनाइएको हुनसक्ने स्रोतले बताएको छ ।

सार्वजनिक रूपमा भिडियोमा देखिएका व्यक्ति महेश बस्नेत नै हुन् भन्दै प्रचार गरिए पनि यसको आधिकारिक पुष्टि भएको छैन । त्यसैले बस्नेत नै हुन् या होइन भन्ने पुष्टि हुन बाँकी छ । साथै उक्तभिडियाे खप्तडटिभीसंग सुरक्षित छ ।