काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्लोक्सी फोरके टेलिभिजनका सञ्चालक तथा सहकारीका सञ्चालक समिति सदस्य जीबी (गितेन्द्रबाबु) राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानविन सुरु गरेको छ ।
याे पनि…..
विभागले उनीहरुको सम्पत्तिमाथि छानबिन सुरु भएको भन्दै विभिन्न बैंकलाई चिठी लेखेर कारोबारको विवरण उपलब्ध गराउन भनेको छ । वभागले रवि-जीबीको नाम उल्लेख गर्दै माघ ८ गते उिनीहरुका बैंकिङ विवरणहरु उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको थियो । प्रारम्भिक जाँचबुझ अधिकृत भनेर हस्ताक्ष गरिएको पत्र विभिन्न बैंकहरुलाई पठाइएको छ ।
“सम्पत्ति शुद्धिकरण (मनि लण्डरिङ) सम्बन्धी कसूर जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा दुबैको नाममा कुनै किसिमको खाता छ ? छैन? भनेर विभागले सोधेको छ । त्यस्तै,खाता भए कुन प्रयोजनका लागि खोलेको हो ? त्यसको विवरण, खाता खोल्दाका बखत पेश गरेको कागजात (केवाईसी) र हालको मौज्दातको अवस्था इमेलमार्फत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।”
नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकको प्रधान कार्यालयलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।
यस्तै, एनआईसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयहरुलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।
रवि जीबीले नै सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा थिए । पछिल्लो समयमा रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ । सहकारी ठगी सम्बन्धी थप फाइल खोज्ने क्रममा ग्यालेक्सी टेलिभिजनका व्यवसायिक साझेदार नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको शंखमूलस्थित घरमा प्रहरीले हालै छापा मारेको थियो ।
पत्रमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्ने लालाचन्द्र लामिछानेको छोरा रवि लामिछाने (ना. प्र. नं.- १८२२२ काठमाडौँ) र ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर १ बस्ने हरि राईको छोरा जितेन्द्रबहादुर राई (ना. प्र. न.-४५६७१/५१) को सबै बैंकिङ्ग कारोबार उपलब्ध गराउन भनिएको छ ।
सम्पत्ति शुद्धिकरण (मनि लण्डरिङ) सम्बन्धी कसूर जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा दुबैको नाममा कुनै किसिमको खाता छ ? छैन ? भनेर विभागले सोधेको छ । त्यस्तै,खाता भए कुन प्रयोजनका लागि खोलेको हो ? त्यसको विवरण,खाता खोल्दाका बखत पेश गरेको कागजात (केवाईसी) र हालको मौज्दातको अवस्था इमेलमार्फत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।
साथै, उनीहरुले बैंकबाट ऋण लिएको भए सो को विवरण तथा ऋण लिँदा पेश गरेका सम्पूर्ण कागजातहरुको प्रमाणित प्रतिलिपिसमेत विभागले मागेको छ ।
देशभर सहकारीको नेटवर्क खडा गरेर आफैँ अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा सहकारी ऐनविपरित ऋण प्रवाह गराएका जिबीमाथि सहकारी ठगीको आरोप छ । सर्वसाधारण नागरिकले खाई-नखाई जम्मा गरेको करोडौँ निक्षेप कुम्ल्याएर बेपत्ता भएका उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिशसमेत जारी गरेको छ ।
सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताको नाराबाजी, केही पक्राउ
सर्वाेच्चद्धारा रवि लामिछाने दोशी ठहर, गृहमन्त्री र सांसद पदसमेत चैट (आदेशसहित)