वि.सं.२०८१ माघ ६ आइतवार

फलाेअप नं. २ : ‘स्त्रीलम्पट’ उपमेयर महतोबिरुद्ध बलात्कार मुद्दामा ४० लाखकाे ‘बार्गेनिङ’

मुद्दा फिर्ता गराउन करिब ४० लाख खर्च, घटना भित्रभित्रै गुपचुप

सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो विरुद्ध जबरजस्ती करणी मुद्दामा युवतीले पैसा लिएर सम्झौता गरेको खुलासा भएको छ ।

याे पनि….

के उपमेयर महतो स्त्रीलम्पट नै हुन त ?

२०७९ साउन ५ गते लहानकी एक युवतीले उपमेयर महतोले आफ्नो कार्यकक्षको गोप्य कोठामा बोलाएर जबरजस्ती करणी प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकी थिईन् । प्रहरीले पीडित युवतीको जाहेरीको आधारमा सिरहा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

युवतीले बयान फेरेर उपमेयरसँग सम्झौता गरेपछि मुद्दा खारेज भएको थियो ।

नगररपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरमा फाराम भरेकी ती युवतीलाई जागिरका लागि सोर्स लगाईदिन्छु भनेर उपमेयरले बलात्कार प्रयास गरेको युवतीको आरोप थियो ।

प्रहरी स्रोतका अनुसार जाहेरी दर्ता भएपछि केही समय उपमेयर महतो फरार भएका थिए । पक्राउको समयावधी सकिनै लाग्दा इलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतोले Surrender (आत्मसमर्पण) गरेका थिए ।

उपमेयर महतो निकट रहेका नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले उपमेयर महतोलाई मुद्दा फिर्ता गराउन करिब ४० लाख खर्च गर्नु परेको बताए ।

उनले भने, पैसा दिएपछि उपमेयर महतोमाथी बलात्कारको आरोप लगाउने युवतीले सहमतीमा आएर मुद्दा फिर्ता लिएकी थिईन् ।

तर युवती पक्षले उपमेयरले ज्यान मार्ने धम्की दिएर मुद्दा फिर्ता लिन बाध्य बनाएको प्रतिक्रिया दिएका छन् । उपमेयरकै धम्कीका कारण युवती केही समय भूमिगत समेत हुनु परेको युवतीका आफन्तले बताए ।

तर यो घटना भित्रभित्रै गुपचुप राखिएको थियो । केही दिनअघि एक महिलाले फेरी तिनै उपमेयर महतोले आफूसँग शारिरीक सम्पर्कका लागि दबाब दिएको भन्दै मिडियामा सार्वजानिक गरेपछि लहना तरगिंत बनेको छ ।

घर छेउको ढल निकासको बिषयमा छिमेकीहरु विरुद्ध न्यायिक समितिमा दर्ता मुद्दा निरुपणका शिलशिलामा उपमेयर महतोले आफूमाथी शारीरिक सम्पर्कका लागि दवाव दिएको महिलाको आरोप थियो ।

तर ति महिलाले न्यायका लागि कानुनी बाटो नअपनाई मिडियाबाट उपमेयरले शारिरीक सम्पर्कका लागि दबाब सिर्जना गरेको सार्वजानिक गर्नुलाई अर्थपूर्ण ढगंले हेरिएको छ ।

पहिलो पटक झैँ यस पटक पनि उपमेयर महतोले राजनीतिक प्रतिशोध साँध्न आफूमाथी यौन हिंसा गरेको आरोप लगाईएको प्रतिकृया दिएका थिए ।

पत्रकार गुप्ताले मधेशमा पनि महिलाहरुले नाम चलेका र प्रतिष्ठित पुरूषमाथी बलात्कारको आरोप लगाएर आर्थिक बार्गेनिङ गर्ने र बार्गेनिङ नमिले कानूनी कार्वाहीमा जाने हनी ट्रैपको बिकास हुँदै गएको बताए । यो पक्कै राम्रो संकेत होईन, उनले भने ।