वि.सं.२०८१ जेठ ६ आइतवार

के उपमेयर महतो स्त्रीलम्पट नै हुन त ?

अघिल्लो यौनकाण्ड सेलाउन नपाउँदै सिरहाको लहान नगरपालिका उपमेयर रामचलितर महतोमाथि एक युवतीले फेरी शारिरीक सम्पर्कका लागि दबाव सिर्जना गरेको आरोप लगाएकी छन् ।

अघिल्लो पटक नगरपालिकामा दैनिक ज्यालादारी कामको शिलशिलामा सम्पर्कमा आएकी युवतीलाई उपमेयर महतोले शारिरीक सम्पर्कका लागि प्रस्ताव गरेको बात लागेकाे हाे ।
यसपटक न्यायमाग्न आएकी युवतीले उनिमाथि शारिरीक सम्पर्कका लागि दबाब दिएको मिडिया मार्फत खुलासा भइसकेकाे छ ।

भएको के हो ?

२०८० / ३ / १३ गतेका दिन लक्ष्मीपुर पतारी गाउँपालिका ९ स्थायी घर भएकी तथा हाल लहान नगरपालिका १ बसोबास गर्दै आएकी महिलाले छिमेकीहरूका लापरवाहीका कारण घरअगाडीको ढल अवरूद्व भएको भन्दै निवेदन दर्ता गरिन् ।

३८ बर्षिया ती महिलाले छिमेकीहरू दिनेश साह र दयानन्द यादवलाई प्रतिवादी बनाएर दर्ता गरेको निवेदनको दर्ता नम्बर १२६ हो भने मुद्दा नं. २०७९-jc-१०६ हाे ।

मुद्दा दर्तापछि न्यायिक समितीका सदस्य महेन्द्र ठाकुरले स्थलगत निरिक्षण समेत गरेका थिएभने प्रतिवादीद्वयले ताेकिएकाे समयमै उपस्थित भएर प्रतिवाद समेत गरेका थिए ।

साे स्थानमा ढल निर्माण नभएकाले घरबेटीहरू स्वंले घरबाट बग्ने पानिकाे ब्यवस्थापन गर्नुपर्ने नियम बसालिएकाले महिलाले दर्ता गरेकाे मुद्दाकाे दाबी नपुगेकाे ठहर गर्दै न्यायिक समितीले सर्वपक्षिय छलफल गरेर २०८० पुष २२ गते उक्त मुद्दा खारेज गरेकाे थियाे ।

न्यायिक समितीकाे फैशला चित्त नबुझे पिडितले जिल्ला अदालतमा पुनरावेदन गर्न पाउने कानुनी ब्यवस्था छ । तर , महिलाले जिल्ला अदालत नगई न्यायिक समितीले निर्णय गरेकाे ५ महिनापछि एकाएक उक्त मुद्दा न्याय सम्पादनका क्रममा उपमेयर रामचलितरले आफूमाथि शारिरीक सम्पर्कका लागि दबाब दिएकाे मिडियामा सार्बजानिक गरेकी छन् ।

ढलकाे बिषयलाई लम्ब्याएका बिभिन्न पार्टीहरूमा आफूसँग हिँड्न , बियर खान प्रस्ताव गर्दैआएका उपमेयर महताेले अन्तिममा आएर शारिरीक सम्पर्कका लागि प्रस्ताव गरेकाे ती महिलाकाे आराेप छ ।
उपमेयर रामचलितरले कहिले आफूले लगाएकाे पहिरनकाे त कहिले ब्यागकाे प्रशंसा गर्ने त कहिले साैन्दर्यकाे प्रशंसा गर्दै याैन ह्यारेसमेन्ट गर्दै आएकाेमा पछिल्लाे पटक चाहीँ याैन सम्पर्कका लागि प्रस्ताव गरेकाे भिडियाे अन्तर्वार्तामा बताएकी छन् ।

न्यायका लागि कानुनी कदम चाल्ने बिषयमा नजिककाहरू सँग छलफल गर्दा उल्टै आफ्नाे दाेष देखिने बताएकाे उनले बताएकी छिन् । तर , उपमेयर महताेले ती महिलालाई आफूले नचिनेकाे र आफूमाथि लगाएकाे आराेप मिथ्या भएकाे बताएका छन् ।

भिडियाे सार्वजानिक भएकै दिन ध्यानाकर्षणपत्र सार्वजानिक गर्दै उपमेयर महताेले नियाेजित रूपमा आफ्नाे चरित्र हत्या गर्न खाेजेकाे भन्दै न्यायका लागि कानुनी बाटाे आवलम्बन गरेकाे बताएका छन् ।

कहाँ पुग्याे त्याे जाहेरी ?

यसअघि पनि यिनै उपमेयर महताेमाथि लहानकै एक युवतीले शारिरीक सम्पर्कका लागि दबाब दिएकाे आराेप लगाउँदै ईलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएकी थिईन् ।

पिडित युवतीले जाहेरी दर्ता गरेपछि केही समय फरार भएका उपमेयर महताले प्रहरी समक्ष आत्मसमर्पण गरेर आफ्नाे बचाउ गरेका थिए ।

प्रहरी कार्यालयमा नाटकीय रूपमा पत्रकार सम्मेलन गरेर उतिबेला उपमेयर महताेले भनेका थिए – ‘ उपचारका लागि भारत गएकाले समयमै प्रहरी कार्यालयमा उपस्थित हुनन् सकेन ।

युवतीलाई मेराे राजनीति ध्वस्त बनाउन कसैले प्रयाेग गरेकाे मैले चाल पाएकाे छु । मैले शारिरीक सम्पर्कका लागि ति युवतीलाई बिबश बनाएकाे भन्ने कुरा सरासर गलत हाे । ‘

भनिन्छ , युवतीका अभिभाबकलाई आर्थिक प्रभाबमा पारेर उतिबेलाकाे उक्त प्रकरण मिलापत्र गरेर सामसुम पारिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय स्राेतका अनुसार छताछुल्ल भएकाे पछिल्लाे याैनकाण्ड सामसुम पार्नभने न्यायिक समितीका संयाेजक समेत रहेका उपमेयर महताेलाई सजिलाे छैन ।

किनभने पिडित महिलाका श्रीमान कुनै नगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारी हुन् ।

यता पीड़ित महिलाले न्यायका लागि जिल्ला अदालत सिरहामा मुद्दा दर्ताकाे तयारी गरेकाे बताईन्छ ।