वि.सं.२०८१ जेठ ६ आइतवार

एमालेले लेखाएकाे भ्रामक समाचारमा कुनै सत्यता छैन : समाजवादी

नेकपा (एकीकृत समाजवादी)का पाेलिटब्युराे सदस्य तथा संघिय मामिला तथा समान्य प्रशासन मन्त्री भानुभक्त जाेशीले एमालेका नेता कार्यकर्ताले भ्रामक समाचार लेखाएकाे प्रति खेदब्यक्त गरेकाे छ ।

नेकपा एमालेकाे हार निश्चित भईसकेपछी एमालेका साईवर स्यालहरूकाे प्रयाेग गरि विभिन्न हत्कण्डा प्रयाेग गर्न लागेकाे उनले बताउनु भएकाे हाे।

आफ्नाे पाटी नेकपा एकीकत समाजवादीमा कुनै पनि गुट उपगुट दुई धार नभएकाे बताए ।

उनले एक स्टाटस् लेख्दै भनेका छन्, सामाजिक संजाल र केही अमुख मिडियामा आएकाे पाटी भित्र दुईधार भन्ने भ्रमाक समाचार काे सामाजिक संजाल फेसबुकमार्फत खण्डन गरेका हुन् ।

बझाङ जिल्लामा शनिबार सम्पन्न हुन गइरहेको प्रदेश सभा १ को उपनिर्बाचनका सन्दर्भमा नेकपा एकीकृत समाजवादीका नेताहरु दुई धारमा उभएिको भनी सामाजिक संजालमा फैलाईएको अफवाह प्रति खेद व्यक्त गर्दछु । साथै एकीकृत समाजवादीले अर्को दललाई समर्थन गरेको भनि सामाजिक संजालमा फैलाईएको सूचना र भ्रामक समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चहान्छु ।

याे स्टाटर लेख्दै नेता जाेशीले बझाङमा नेकपा एकीकत समाजवादीकाे तिज सुनिश्चित भएपछि हारकाे मानशिकता बाेकेका एमालेका नेता कार्यकर्ताले मतदातालाई प्रभावित पार्न विभिन्न हत्कण्डा अपनाएकाेले काेही कसैले पनि भ्रममा नपर्न हुन हार्दीक अपिल समेत गर्नु भएकाे छ । आफ्नाे पाटीका उम्मेदवार दिलबहादुर सिहंलाई मतदान गर्न समेत अपील गर्नु भएकाे छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज गरिमा शाहले बझाङमा एमाले अतालिएको टिप्पणी गरेकी छन् ।

बझाङ प्रदेश (क) को उपनिवार्चनलाई लिएर एमालेका केन्द्रीय सदस्य ऐन महरले भ्रामक सूचना जारी गरेको भन्दै  शाहले आपत्ति प्रकट गरेकी हुन् ।

‘बझाङमा एमाले अतालिएको छ। हतास मनस्थितिमा देखिन्छ। एकीकृत समाजवादी एक्लै चुनाव जित्ने ल्याकत राखेर अगाडि बढिरहेको छ। आममतदाता, पार्टी पंक्ति र सर्वसाधारण सबैलाई अनावश्यक भ्रममा नपर्न अनुरोध गर्दछु।’ नेता शाहले खप्तडटिभीसंग भनिन् ।

त्यस्तै बझाङ पार्टी कमिटीले पनि एमालेले भ्रामक हल्ला चलाएर मतदातालाई झुक्याउन खोजेको आरोप लगाएको छ।

जिल्ला कमिटी सचिव लक्ष्मी प्रसाद जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले नेकपा (एकीकृत समाजवादी) को विजय हुने सुनिश्चित देखेपछि हडबढाएर मतदातालाई भ्रमित बनाउन सामाजिक सञ्जालमा लेखेको स्टाटस भ्रामक, गलत र आचारसंहिता विपरीत भएको हुँदा हाम्रो पार्टीको ध्यान आर्कषण भएको छ। यसको खण्डनका साथै घोर भर्त्सना गर्दछौं।’

 

बझाङमा एमाले अतालिएको छ, समाजवादी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह

परस्त्री लम्पट ऐन महरकाे अर्काे घिनलाग्दाे हर्कत

राजनीतिलाई पेशानभई सेवा ठान्ने दिलबहादुर सिंहले बझाङमा चुनाव जित्ने यस्तो छ आधार