धनुषाको मिथिला नगरपालिकामा प्रशासनिक भवनको जीर्ण अवस्था, विकास निर्माणमा सुस्तता र नगर नेतृत्वबीचको विवादका कारण स्थानीय प्रशासनको कार्यसम्पादन प्रभावित बनेको छ।
मेयर महतोको नालीबेली : टोले गुण्डा, नक्कली डीएसपी, कमिसन र शक्तिको आडमा दादागिरी
पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै रहेको ढल्केबरस्थित नगरपालिकाको प्रशासकीय भवन करिब ५ दशक पुरानो र अत्यन्तै जीर्ण अवस्थामा रहेको छ।
भवनको छत पटक–पटक झर्ने गरेको र प्राविधिक रूपमा असुरक्षित भएको बताइए पनि वैकल्पिक भवन नहुँदा कर्मचारीहरू जोखिम मोलेरै काम गर्न बाध्य छन्।
नगर कार्यालयभित्र प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्षसहित विभिन्न शाखाहरू साँघुरो र असुविधाजनक संरचनामा सञ्चालन भइरहेका छन्। यसले फाइल व्यवस्थापन, कागजात सुरक्षा र सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको कर्मचारीहरूको भनाइ छ।
मेयर महेन्द्र महतोले दादागिरी, अदालतकाे पनि अवहेलना गर्दै (आदेशसहित)
चालु आर्थिक वर्षमा नगरपालिकासँग करिब ४८ करोड ९४ लाख रुपैयाँको बजेट भए पनि प्रशासनिक भवन निर्माणका लागि ठोस प्रगति हुन सकेको छैन।
यसैबीच, विकास निर्माणका ठूला योजनाहरू पनि अघि बढ्न नसकेको देखिएको छ। उपभोक्ता समितिमार्फत काम गराउने विषयमा नगर प्रमुख र प्रशासनबीच सहमति नजुट्दा धेरै योजना रोकिएका छन्।
मयेर महेन्द्र महतो भने केही व्यक्तिका घर तथा संरचना भत्काएको विषयलाई लिएर स्थानीय स्तरमा असन्तुष्टि बढेको छ। ५३ वर्षदेखि बसोबास गरिरहेका घर तथा व्यवसायिक संरचना भत्काइएपछि केही व्यवसायी अदालतसम्म पुगेका छन्। उच्च अदालतको निषेधाज्ञा हुँदाहुँदै पनि धम्कीपूर्ण शैलीमा संरचना भत्काउने प्रयास भएको आरोपसमेत लागेको छ।
यता प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवसँगको समन्वय अभावका कारण विकास योजनाहरू अघि बढ्न नसकेको स्थानीय स्रोतहरूले बताएका छन्।

माघ महिनामा सम्पन्न विशेष नगर अधिवेशनका निर्णयहरू नगर प्रमुखले सदर नगरेपछि नगरपालिकाभित्रको प्रशासनिक विवाद अझ गहिरिएको छ। विकास बजेट ठूलो भए पनि कार्यान्वयन कमजोर हुँदा स्थानीय बासिन्दामा असन्तुष्टि बढ्दै गएको छ।





























