सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो ‘स्त्रीलम्पट’ काण्डका कारण यति बेला चर्चामा छन् ।
याे पनि…
फलाेअप नं. २ : ‘स्त्रीलम्पट’ उपमेयर महतोबिरुद्ध बलात्कार मुद्दा, ४० लाखकाे ‘बार्गेनिङ’
उपमेयर निर्वाचित भएर ‘पदभार ग्रहण गर्न नपाउँदै एक युवतीले जागिर लगाईदिने प्रलोभनमा बलात्कार प्रयासको आरोप खेपेका रामचलितर महतोमाथी फेरी एक महिलाले यौन सम्पर्कका लागि प्रस्ताव राखेको आरोप लगाएपछि सिँगो सिरहा जिल्ला तरगिंतमात्रै बनेको छैन, उनको चरित्रमाथी आमनागरिकमा शंका उपशंका बढेर गएको छ ।
मधेश आन्दोलन लोटरी बन्यो
राजनीतिमा आउनु अघि उपमेयर रामचलितर पान पसल चलाउँथे । लहानस्थित ईलाका प्रहरी कार्यालय छेउमा रहेको उनको पान पसलमा पत्रकार र नेताहरु पान खान आईरहन्थे । प्रहरी कार्यालयमा हुने छलफल सकिएपछि धेरैको पान खाने अड्डा बनेको थियो, उनको पान पसल । रामचलितर पान बनाउन माहिर पनि थिए ।
दिल्लीमा भएको ७ बुँदे सम्झौतासँगै २०६२/२०६३ को जनआन्दोलनको सफलतासँगै मुलधारको राजनीतिमा आएको (तत्कालीन नेकपा – माओवादी) का नेता मातृका यादवका बडिगार्डले निम्त्याएको ब्यक्तिहत्याका कारण लहानमा भएको हत्या विरुदको स्वस्फूर्त आन्दोलनले राजनीतिक रंग लियो ।
संघियताको मुदमा लचिलो बन्दै गरेको माओवादी विरूद्ध त्यतिबेला लहानमा उत्रिएको जनसागरलाई तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने अवसर पाए । जुन यादवका लागि अनपेक्षित थियो भने अनपेक्षित लहान आन्दोलनले नै उनलाई राष्ट्रीय राजनीतिको शयर पनि गरायो ।
पान पसल चलाएर बसेका रामचलितरको त्यो आन्दोलनप्रति खासै वास्ता थिएन । जब प्रहरीपक्षबाट रमेश महतोको हत्या हुन्छ तब आन्दोलनमा रामचलितरको ‘इन्ट्री’ हुन्छ ।
उनलाई आन्दोलनमा बलजफ्ती ‘इन्ट्री’ गराउने पात्रको नाम हो, दिनेश्वर प्रशाद गुप्ता । नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष गुप्ताले दरदियाद मारिएको भन्दै रामचलितरलाई जबरदस्ती आन्दोलनमा सरिक गराउँछन् ।
आन्दोलनमा ‘इन्ट्री’सँगै रामचलितरको राजनीतिक यात्रा ख्याल ख्यालमै अघि बढ्छ । आन्दोलन सफल हुन्छ ।
तत्कालीन प्रधानमंत्री गिरिजाप्रसाद कोइरालासँगको सहमतीपछि एनजीओको रुपमा रहेको मधेशी जनअधिकार फोरम पनि राजनीतिक दलका रुपमा परिणत हुन्छ ।
कोइराला नेतृत्वको सर्वदलीय सरकारमा उपेन्द्र यादबको नेतृत्वमा फोरम पनि सरकारमा सहभागि बन्छ । नेपाली राजनीतिको इतिहासमा यो अप्रत्याशित घटनाक्रम घटना थियो ।
क्रसर उद्योगको जागिर
मधेश आन्दोलन सफल भएसँगै फोरम सरकारमा सहभागि भएपछि स्थानिय नेता कार्यकर्ताले स्थानिय स्रोतसाधनमा पनि हस्तक्षेप बढाउँछन् । खुट्टिखाेलाकाे किनारामा रहेको क्रसर उद्योगमा रामचलितरको ‘इन्ट्री’ हुन्छ, जागिरेको रुपमा ।
उनलाई त्यहाँ जागिरको चाँजो मिलाउने पनि पत्रकार गुप्ता नै थिए । करिब ३ बर्ष रामचलितरले उक्त क्रसर उद्योगमा काम गर्छन् ।
शहीदहरूकाे ३ लाख गायब
आन्दोलनको रापतापसँगै उपेन्द्र यादवको जवरजस्त उदय समग्र मधेशीका लागि गर्वको बिषय बनेको थियो ।
आन्दोलन सफल बनाउन धेरैले ज्यान गुमाउनुपरेको थियो । आन्दोलनमा ज्यान गुमाउनेहरुलाई शहिद घोषणा गरियो । र सहिद दिवस पनि मनाउन सुरु गरियो, लहानमा । यस्तैमा लहानमा पहिलो पटक शहीद दिवस भब्य रुपमा मनाउने तयारी भयो ।
यसका लागि उपेन्द्र यादवले ३ लाख रुपैयाँ दिनेभए । यादवले बिराटनगर गएर आफ्नो श्रीमतीसँग ३ लाख रुपैयाँ लिएर सहिद दिवसको तयारी गर्न निर्देशन दिए ।
पैसा लिन बिराटनगर जानेभए पत्रकार गुप्ता र रामचलितर । तर अचम्म भोलिपल्ट बिहान पैसा लिन रामचलितर एक्लै बिराटनगर गएको बताउँछन् पत्रकार गुप्ता । गुप्ताले रामचलितरले उक्त पैसा सहिद दिवसमा खर्च नगरी ब्यक्तिगत रुपमा चलाएको बताए ।
सहिद दिवस मनाउन आएका उपेन्द्र यादवलाई रामचलितरले आफ्नै घरमा खाना खुवाए र लहानस्थित एक होटलमा सुताए । पछि हिसाब हुँदा त्यो ३ लाख रुपैयाँ यादवलाई खाना खुवाउन र होटलमा राख्न खर्च भएको बताएका थिए रामचलितरले ।
गुप्ता रामचलितरले उक्त ३ लाख रुपैयाँ लहानमा शक्तिको आडमा पक्कि घर बनाउन खर्च गरेको गुह्य खोले ।
घर बनाउन मौसीको जग्गा झ्वाम
पक्कि घर बनाउन ३ लाखले पुग्ने कुरै थिएन । त्यसैले गोल बजारमा रहेकी आमाकी बहिनीको १० कठजग्गा षडयन्त्र गरेर बेचि दिएका थिए रामचलितरले ।
पीडित आमाकी बहिनीले धेरै पटक ताकेता गर्दा पनि रामचलितरले जग्गा फिर्ता गर्नु त टाढाको कुरा बेचे बापतको पैसा समेत दिन चासो दिएनन् ।
बाध्य भएर उनले नेपाल पत्रकार महासंघ गुहारिन् । महासंघका अध्यक्ष दिनेश्वरप्रशाद गुप्ताको रोहबरमा भाबिदीनमा यस्तो गल्ती नगर्ने भनेर माफि माग्दै ५ लाख रुपैयाँ दिएपछि केस सामसुम भएको थियो । जग्गा बेचेर आएको पैसा रामचलितरले घर बनाउन लगानी गरेको गुप्ताको भनाई छ ।
याे पनि….