वि.सं.२०८१ जेठ ६ आइतवार

महेश बस्नेतविरुद्ध शोभा पाठक प्रहरीमा : तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार, २ पटक भ्रूण हत्या

अखिलका पूर्वअध्यक्ष समेत रहेका महर र युवा संघका इन्चार्ज रहेका बस्नेत परस्त्रीसँग सम्बन्ध गाँसेको आरोप लागेको मात्र होईन उनीहरुले ती महिलासँग गरेका अन्तरंग सम्बन्ध समेत छताछुल्ल भइसकेको छ ।

बस्नेतविरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।

नेकपा (एमाले)मा सङ्गठित ३१ वर्षीय शोभा पाठकले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन् । पाठकले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको प्रहरीले बताएकाे छ ।

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित पाठकले आरोप लगाएकी छन् । पाठकले प्रहरीमा दिएको जाहेरीमा काठमाडौं महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेले निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ ।

उनले जाहेरीमा लेखेकी छन्– ‘बस्नेको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन् ।’

बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उद्योग मन्त्री थिए । पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ । जाहेरी दर्ता भएसँगै राष्ट्रिय युवा संघको संयोजक समेत रहेका बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बस्नेतसँग प्रहरीले त्यसबारे सोधपुछ गरेको छ ।

प्रहरीले पीडितको दाबीलाई भेरिफाई गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘मुद्दा अगाडी बढाउने आधार खोज्दै छौँ ।’ पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् ।

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’

परस्त्रीलम्पट कमरेडमाथि कारबाहीको ‘डण्डा’ बर्सिएकै हो त ?

भ्रष्ट्राचार सम्बन्धि भटाभट एक्सन : सांसद अपहरणको फाईल खोल्ने तयारी ?

एमालेबाट कारबाही ?

एमाले नेता बस्नेतलाई मेरो राजा भन्ने शोभा पाठकमाथि हमला

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल