वि.सं.२०८१ जेठ ६ आइतवार

एमाले नेता बस्नेतलाई मेरो राजा भन्ने शोभा पाठकमाथि हमला

एमाले नेता महेश बस्नेतकी प्रेमिकाको रुपमा स्वयंघोषित महिला शोभा पाठकमाथि आक्रमण भएको छ ।

धादिङ चैनपुरकी पाठकमाथि उनकै कोठामा अज्ञात व्यक्तिहरुले एक छिनअगाडि आक्रमण गरेको बताइएको छ ।

एमालेबाट कारबाही ?

आक्रमणबाट आफू घाइते भएको उनले प्रहरीलाई जानकारी गराएकी छन् । आक्रमणकारीहरुले मोबाइल खोसेर लगेकाले त्यसमा भएका फोटोलगायत सारा विवरण र प्रमाण नष्ट गर्ने उद्देश्य राखिएको उनले बताएकी छन् ।

खोसिएको मोबाइल अफ छ । आफूमाथि नकाव लगाएर मोटरसाइकलमा आएको युवकले मुखमा कोतरी आक्रमण गरेको जनाउँदै घाइते पाठकले बानेश्वर प्रहरीमा हुलियासहितको लिखित उजुरी हालेको र प्रहरीले सोही आधारमा उनी बस्ने बानेश्वर क्षेत्रको सिसिटिभी फुटेज हेर्दै गरेको बुझिएको छ ।

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

लिखितमा किटानी नगरिए पनि मौखिकरुपमा दोष  भने एमाले नेता महेश बस्नेत र मेडिकल बिचौलिया दुर्गा प्रसाईंमाथि लगाइएको स्रोतले बतायो । यसबारे डिएसपी शिवराज बुढाथोकीसँग थप जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

‘महाअभियान’चलाइरहेका दुर्गा प्रसाईं कार्यालयमा झ्यालबाट छिर्छन्, ‘कालो मोसो’सम्झेर थर्थर काँप्छन्

पहिलो विवाह धादिङ चैनपुरका छत्कुली थरकासँग गरेकी उनको त्यसबाट एक सन्तान छन् । गाउँमा जानुका भनेर चिनिने शोभा पाठकले औपचारिक रुपमा दोस्रो पटक २०७० भदौ ११ गते नेपाली सेनाको पृष्ठभूमिका शिवराम भण्डारीसँग विवाह गरेकी थिइन् । विवाह गरेको दुई वर्षपछि २०७२ असार १० गते खरी गाउँपालिका, धादिङबाट विवाह दर्ताको प्रमाणपत्र लिइन् ।

त्यसपछि कालिकोटका कपिलबहादुर शाहीसँग ०८० बैशाख १४ गते काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरिन् । १८७५–०७९ नम्बरको दर्ता कायम रहेको उक्त विवाह पनि उनले गत पुस २९ मा सोही अदालतमा पुगेर छुट्टीभिन्न गरेको बताइन्छ ।
उनै पाठकले एमाले नेता बस्नेतलाई सामाजिक सञ्जालमा आफ्नो राजा भन्दै फोटो सेयर गर्ने गरेकी छन् । बस्नेतको जन्मोत्सव मनाउने क्रममा उनले फोटोको क्याप्सनमा राजा लेखेकी हुन् । त्यसअघि पनि उनले धेरै पटक विवाहित बस्नेतलाई श्रीमानको दर्जा दिँदै आएकी थिइन् ।