वि.सं.२०८१ जेठ ६ आइतवार

परस्त्रीलम्पट कमरेडमाथि कारबाहीको ‘डण्डा’ बर्सिएकै हो त ?

परस्त्रीलम्पट कमरेडमाथि कारबाही भएको भन्ने कुरा नेकपा एमालेले मौखिक जानकारी गराएपनि खासमा अझै पनि कारबाही भएको हो कि होईन भन्ने अन्यौलता कायम नै रहेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि परस्त्रीसँग जाडिएर प्रमाणसहित खप्तडटिभीले  विभिन्न शीर्षकमा समाचारहरु बाहिर ल्याएपछि उनमीमाथि केन्द्रीय सदस्यबाट बर्खास्त गरिएको थियाे । तर यस्तै प्रकृतिको घटनामा पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि चाही कुनै कारबाही गरिएन । यही कुराले हो महरमाथि पनि साच्चै कारबाही भएको ? भन्ने आम प्रश्न उठिरेहेको । यसमा एमाले पनि चुपचाप बसिरहेको छ ।

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’

विवाहित परस्त्रीसँगको सम्बन्धलाई लिएर पार्टीमै जोडतोडका साथ कुरा उठेपछि केन्द्रीय सदस्य ऐन महरको हकमा नदिइकनै राजीनामा स्वीकृत भएको भनी प्रेस विज्ञप्ति त जारी गरियो । उनीसँगै समानुपातिक सांसद सिराज अहमद सिद्धिकी नवप्रवेशी महिला नेतृसँग अनुचित आर्थिक लेनदेन गरेको कारण कारवाहीमा परे ।

तर, सचिवालय बैठकले गरेको भनिएका ती निर्णयबारे केन्द्रीय कमिटीको बैठकमा जानकारी गराइएको छैन । ऐन महर पार्टी केन्द्रीय सदस्यकै हैसियतले वैशाख १५ मा उनको जिल्ला बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनका सन्दर्भमा सहभागी भइरहेका छन् ।

यसअघि प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिनासाथ कोशीमा विनोद ढकाल, लुम्बिनीमा हरिप्रसाद रिजाल, कर्णालीमा गुलाबजंग शाहहरुको केन्द्रीय सदस्य पद रिक्त भनी प्रस्ताव लगिएको थियो । तर, सिराज र ऐन महरबारे सातौं केन्द्रीय कमिटी बैठकलाई कुनै जानकारी दिइएको छैन ।

एमाले शीर्ष नेताहरु सचिवालयको उक्त निर्णयलाई केन्द्रीय कार्यालयबाट जारी हुने अन्तरपार्टी निर्देशन(अपानि) मा हालिन्छ कि हालिँदैन भनेर पर्खिरहेका छन् ।

कारवाहीको कुरा गफ हो कि साँच्चै भन्ने पनि त्यसबाट थाहा हुने कतिपयको भनाइ छ । उनीहरुको राजीनामा स्वीकृत भएको प्रमाणस्वरुप केन्द्रीय कार्यालयबाट जारी भएको विज्ञप्ति छ । र, बैठकमा केन्द्रीय सदस्यको सूचीमा उनीहरुको नाम छैन ।

केपि ओलीले ऐन महरलाई ‘धेरै आत्तिने काम नगर्नु, पार्टी निर्णय चुपचाप मानेर बस्नु’ भन्नुभएको चर्चा च्यासलमा चल्ने गरेको छ । भनिन्छ, बझाङ, बुङ्गल– २ का नेता अर्जुन धामीकी छोरी तथा वडा नं. १ का एमाले कार्यकर्ता अमर बोहोराकी पत्नी रश्मिलासँग हिमचिम हुँदा महिनामा दुई चोटिमात्रै घर जान्थे ।

यी नेताकाे नियत बिग्रिएपछि ऐन महर र सिराज अहमद बर्खास्तमा परे

रश्मिलालाई उनले काठमाडौंमै अपार्टमेण्ट लिएर राखेका थिए । पछि सम्बन्ध बिग्रिएर टुंगिएको, तर महिलाको तर्फबाट आपत्ति जनाइएपछि कुरा चर्किएर यो स्थिति भएको बताइन्छ ।

महिलाको मामिलामा मात्रै नभएर आर्थिक मामिलामा पनि ऐन महर उत्तिकै बदनाम मानिन्छन् । देखिँदा त अखिलको राजनीतिमात्रै गरेका थिए । तर, न्युरोडमा सुनपसल, फेन्सीदेखि विभिन्न व्यापार व्यवसायमा संलग्न छन् ।

गाडीको व्यवसाय पनि चलेकै छ । सुदूरपश्चिमको दुर्गम जिल्लाबाट काठमाडौंमा पढ्न भनी आएको विद्यार्थीले राजनीतिमात्रै गरेको भरमा कसरी त्यत्रो आर्थिक हैसियत बनायो ?

एमाले नेताहरुले कुरा उठाउन थालेका छन् । अर्कातिर, विगतका कार्यविभाजन कामकाजी नभएको महसूस गरेपछि एमालेले यो शैलीलाई संशोधन गरेको छ । जो जुन जिल्ला वा पालिकाको हो, यसलाई त्यसबाहेकका क्षेत्रमा जिम्मेवारी दिने नीतिले पार्टी चल्ने स्थिति नभएपछि संशोधन हुन लागेको छ ।

जस्तो कि, खोटाङका विशाल भट्टराईलाई झापा, काभ्रेका गोकुल बाँस्कोटालाई सिन्धुपाल्चचोक, धादिङका खेम लोहनीलाई सिन्धुली, सिन्धुलीका गणेश पहाडीलाई रामेछापको इञ्चार्ज बनाएर पठाइयो ।

एमालेबाट कारबाही ?

तर, त्यसरी काम अगाडि बढ्न सकेन । अब पुरानैअनुसार जो जुन जिल्लाको हो, त्यहीँ त्यहीँको इञ्चार्ज बनाउने गरी मध्यपहाडी अभियानपछिको निश्कर्षस्वरुप लागु गरिने भएको छ । मध्यपहाडी यात्राका क्रममा स्थानीय पार्टी पंक्तिसमेत राम्रोसँग परिचालित भएन । त्यसो हुनुको कारण हो, जिल्लाको पार्टी नेतृत्व र केन्द्रबाट तोकिएका इञ्चार्जबीच समन्वयको अभाव ।

पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती

मध्यपहाडी अभियान पार्टी प्रचारसँगै र गतिविधिलाई जनताबीच लैजाने उद्देश्यले सञ्चालित थियो । तर, पार्टी अध्यक्ष एक्लै वक्ता र अन्य नेता भूमिकाविहीन हुँदा लक्ष्यित योजना पूरा भएन । त्यसमाथि मिडिया म्यानेज्मेण्ट फितलो हुँदा अभियान सार्थक नभएको एमाले नेताहरु बताउँछन् । यसपछि काठमाडौं फर्किएर १ वर्षका लागि भन्ने गरिएको इञ्चार्ज तोक्ने शैलीमा फेरबदल गर्न लागिएको हो ।

उता, एमालेमा पाखा लगाइएका नेतामध्ये कतिपयलाई माथिबाटै त केहीलाई तलबाटै रोक्ने काम भइरहेको छ । महाधिवेशनमा ओलीसँग अध्यक्षका निम्ति प्रतिस्पर्धा गर्ने भीम रावललाई जिम्मेवारी दिन तलका मान्छेका कारण सम्भव नभएको नेताहरु बताउँछन् ।

कृष्णभक्त पोखरेल, डा. दिपकप्रकाश भट्टहरुको दुःख त झन् कति कति ? ओली भने आफू रहेसम्म अध्यक्ष हुन्छु भन्नेमा ढुक्क हुनुहुन्छ । आफूपछि को हुने भन्नेमा उहाँलाई त्यति चासो छैन । स्वभावैले रावल चूप लागेर बस्ने मान्छे हैनन् । जहाँ गयो, त्यहाँ केही न केही फण्डा झिकिरहने र घटनाक्रमहरुमा हावी भइरहने उनको स्वभावका कारण अरु नेता ओझेलमा पर्लान् भन्ने पिर छ ।

अर्कातिर, ‘धुप बाल्न’ माहिर एमालेको एउटा पंक्तिले अध्यक्ष ओलीलाई कसरी गुमराहमा राखिरहेको छ भन्ने कुरा युवा सम्मेलनका नाममा देखिएको छ । काठमाडौंको धाप ड्याममा कार्यक्रम आयोजना गरियो, जहाँ युवाकै उपस्थिति न्युन रह्यो ।

काठमाडौंको पार्टीमा युवा घट्दो आकर्षणलाई दृष्टिगत गर्दै उक्त कार्यक्रम आयोजना गरिएको थियो । पेशागत जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्न छाडेर ओली सपत्नी त्यहाँ पुग्नुभयो । तर, ‘तामझाम हात्तिजस्तो, उपलब्धी पुच्छरबराबर’ भनेजस्तो घुमफिर मात्रै फर्किनुभयो ।

एमालेभित्र यस्तै प्रकृतिको घटनामा मुछिएका आफ्ना नेतालाई बचाउने कार्य पहिल्यैदेखि चल्दै आएको हो । यसअघि एक महिलामाथि बलात्कार गरेको भिडियो नै सार्वजनिक हुँदा समेत उनलाई केही कारबाही गरिएको छैन ।

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

त्यस्तै आफ्न्तलाई पढाउँछु र त्यो बापत यौन सम्बन्ध राख्नुपर्छ भन्ने अर्का नेतालाई पनि त्यसै छोडिएको छ । यी त बाहिर आएका घटनाहरु हुन् । यस्तै प्रकृतिको तर गुपचुप राखिएका घटना कति होलान ? यो खोजीको विषय बनेको छ । र, यसकाे खाेजि खप्तडटिभीले जारी नै राखेकाे छैन ।

ऐन महरका थप समाचार पढ्नुहाेस्..