वि.सं.२०८१ वैशाख २६ बुधवार

यिनै हुन् काठमाडौंमा करोडौँको लुट मच्चाएर टिकटकमा रमाउने दुर्गा लिम्बु

मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ, लामो समयदेखि । रोजगार छैन । बेरोजगारको संख्या गनिसक्नु छ । भएका सिमित अवसर पनि पहुँचवालाले अँठ्याइहाल्छन् । अनि बाँकि बेरोजगारहरु चिल्लै । त्यहि बेरोजगारी तथा मुलुक अस्थिरताको फाइदा उठाउँदै केही लुटेरा बनेका छन् । तिन कै रजगज छ, अहिले समाजमा । काठमाडौं लगायत केही ठूला सहरमा तिनै विचौलिया, लुटेरा र ठगहरुको मनोमानी छ । सोझालाई लगाई फकाई चारैतिरबाट लुट्छन्, उनीहरु । लुटेराको कुनै धर्म, लिङ्ग, वर्ण वा सम्प्रदाय हुँदैन रहेछ । यसमा महिला पुरुष भन्ने नै हुँदो रहेनछ ।

सिकार गर्न र प्रलोभनमा पार्न चाँहि महिला माहिर । लेनदेनमा महिलालाई बढी भरोसा गर्दा रहेछन्, मान्छेहरुले । तर, ठगि गर्न पल्किएका महिला चाँहि असाध्य निर्मम । उनीहरु कतिसम्म ढाँट्न, छल्न वा बहाना गर्न सक्छन् भने, आफ्नै छोराछोरीको मुटु, मृगौला फेल भएको र पतिको मृत्यु भएकोसम्मका बहाना बनाउँछन् । बा, आमालाई ज्युँदै मार्न पछि पर्दैनन् ।

त्यसरी विभिन्न समस्या वा बहाना बनाएर लुट्ने एउटा खुँ’खार महिलाको नाम हो, दुर्गा लिम्बु । घर हो, शंखुवासभा । कोरियामा राम्रै कमाइरहेका आफ्नै पतिलाई लुटेर नपुगेकी दुर्गाले अहिले धेरैको उठिबास लगाइदिएकी छन् । उनले सामान्य कमाई गरेर आफ्नो गर्जो टार्ने महिलादेखि काठमाडौंमा घरजग्गा भएका महिला सबैलाई सिकार बनाइन् । कतिसम्म बदमास भने उनले आउँदो ९ वर्ष पछाडि तिर्ने गरेर समेत चेक काटेको भेटिन्छ ।

कसैलाई जग्गा पास गरिदिने त कसैलाई नगदै फिर्ता दिने गरेर उनले काठमाडौको विभिन्न ठाउँबाट करोडौँ रकम उठाइन् । तर, अहिले कसैको सम्पर्कमा आउँदिनन् । लिएको फैसा फिर्ता दिने चिन्ता र लाज भने उनमा विल्कुल देखिँदैन । घरि पूर्व पुगेर टिकटक बनाउँछिन् त घरि काठमाडौं पुगेर रमाइलो गर्छिन् ।

उनको खोजी गर्दा–गर्दा थाकेपछि काठमाडौं जोरपाटीका ५ जना महिला खप्तडटिभीसम्म आइपुगे । उनीहरुसँग मात्रै लिएको गरगहना र नगदको हिसाब गर्दा झण्डै ८० लाख हुन आयो । एउटै व्यक्तिबाट उनले २४ देखि २५ लाख नगद लिएको देखिन्छ ।

पीडितहरुका अनुसार उनी पैसा नलिन्जेल साँझ, विहान, दिउँसो जतिबेला पनि धा’को धाई गर्थिन् । अनि मीठो बोल्ने, असाध्य व्यवहारिक कुरा गर्ने । एउटाकोमा मात्रै होइन उनको दैनिकी भनेकै दुई तीन पटक, सबैकोमा पालै पालो पुग्ने र व्यवहारका कुरा गर्ने हुन्थ्यो ।

उनी पालैपिलो सबैकोमा धाउँथिन् । पैसा लिइसकेपछि पनि केही समय त्यसरी नै धाईन् । तर, अहिले सम्पर्कविहिन भइन् । मोबाइल नम्बर नै धेरै वटा फेर्ने । पीडितहरुसँगै उनको र आफन्तको गरेर १५–२० वटा नम्बर रहेछ । श्रीमान्, कोरियामा छन् । श्रीमानसँग अहिले राम्रो सम्बन्ध नरहेको बताइन्छ । अचम्म के भने ? त्यत्रो पैसा ठगेर उनले अहिलेसम्म के गरिन् भन्ने पत्तो छैन । राम तामाङ नाम गरेका व्यक्तिलाई उनले मेरो श्रीमान हो भनेर चिनाएकी रहेछन्, धेरै ठाउँमा ।

उनै रामसँगै मिलेर मति हराम गरेको सुन्नमा आएको छ । दुबैले मिलेर डोजर किनेको, कुन्नि के गरेको कुरा केही पीडितहरु बताउँछन् । पीडितहरुका अनुसार अन्य सम्पत्ति जोडेको वा व्यवसाय गरेको भने देखिँदैन । कतिपयले बहिनी तथा आफन्तको नाममा जग्गा किनेको समेत बताएका छन् ।
ठगिएकाहरु सबैले अहिले उनको व्यापक खोजी गरिरहेका छन् । सम्पर्कमा नआए उनी, उनका दिदीबहिनी र आफन्तहरुविरुद्ध समेत कानूनी कारबाही अघि बढाउने पीडितहरुले बताएका छन् ।