वि.सं.२०८१ वैशाख २६ बुधवार

बझाङमा हुने उपचुनावमा नेपाल कम्युनिस्ट पार्टीले समाजवादीका उम्मेदवार सिंहलाई समर्थन

बैशाख १५ गते बझाङ प्रदेश सभा १ (क) मा हुने उप चुनावमा नेपाल कम्युनिष्ट पार्टीले एकीकृत समाजवादीका उम्मेदवार दिल बहादुर सिंहलाई समर्थन गर्ने निर्णय गरेको छ ।

समाजवादी मर्चाको छलफलको भाव र नेपाल कम्युनिष्ट पार्टीको केन्द्रको निर्णय अनुसार बझाङमा एकीकृत समाजवादीका उम्मेदवार दिल बहादुर सिंहलाई समर्थन गर्ने निर्णय भएको जिल्ला ईन्चार्ज भरत सीले बताए ।

आज एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीले बिश्वको धुवीकृत राजनिती र देशको बिशेष स्थितिमा आफ्नो पार्टीको केन्द्रीय निर्देशन अनुसार उपनिर्वाचनमा भाग नलिएकोले नेकपा एकीकृत समाजवादीका उम्मेदवार सिंहलाई सहयोग गर्न निर्वाचन क्षेत्रका सबै मतदाताहरुलाई अपिल गरेको छ ।

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको २०८० को असारमा सवारी दुर्घटनामा निधन भएपछि बझाङ प्रदेशसभा १ (क) मा उपनिर्वाचन हुन लागेको हो।