वि.सं.२०८१ जेठ ६ आइतवार

यी नेताकाे नियत बिग्रिएपछि ऐन महर र सिराज अहमद बर्खास्तमा परे

नदिइकनै स्वीकृत हुने कस्तो राजीनामा त्यो, जुन माइन्युटमा लेखियो । यसरी दिनुपर्नेले नदिइकन राजीनामा स्वीकृत गर्ने पार्टीका रुपमा दर्ज हुन पुगेको छ, नेकपा एमाले ।

पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती

चारित्रिक र आर्थिक मामिलामा केही नेताको आपत्तिजनक संलग्नतापछि विभिन्न किसिमको रमिताबीच युवा नेता ऐन महरको हकमा यस्तो अवस्था देखिएको हो । बझाङको बुङ्गल नगरपालिका– २ का नेता अर्जुन धामीकी छोरी तथा वडा नं. १ का एमाले कार्यकर्ता अमर बोहोराकी पत्नी रश्मिलासँगको आपत्तिजनक सम्बन्धलाई लिएर पार्टीदेखि परिवारसम्म किचलोमा परेका ऐनलाई राजीनामा दिन भनिएको थियो ।

एमालेबाट कारबाही ?

निर्देशन बमोजिम महरले केही रेनन् तर, केन्द्रीय सचिवालयको माइन्युटमा भने उनको राजीनामा स्वीकृत भएको व्यहोरा लेखियो । यसरी राजिनामा नै नदिई राजिनामा स्वीकृत भएको कारणले एमाले पार्टीभित्र Hulchul (हलचल)  समेत मच्चिएको छ ।

अखिलको अध्यक्ष भइसकेपछि चुनावकेन्द्रित गतिविधि गर्न गत वर्ष सुदूरपश्चिमस्थित गृह जिल्ला बझाङ पुगेका ऐन महरले अर्काकी श्रीमतीमाथि आँखा मात्रै लगाएनन्, जेठी श्रीमती त्यागेर उनीसँग विवाह नै गर्ने बाचासमेत गरेर यौनशोषण गरे ।

बाबु समानका समाजवादी नेता भानुभक्त जोशीलाई हराउन काठमाडौंबाट पार्टी अध्यक्ष केपीले ‘जितेर आइज’ भन्दै टिकट दिएर पठाए । तर, अर्को विवाह गर्ने धन्दामा लागेपछि न चुनाव जिते, न युवतीसँग विवाह नै भयो । बरु, त्यही कारण राजनीतिक जीवन नै धरापमा परेको छ ।

खप्तडटिभीकाे प्रभाव : एमालेले ऐन महरलाई गर्‍यो बर्खास्त

पटक–पटक अन्तरंग सम्बन्ध राखेपछि ऐन महर टाढिन खोजे । ऐन महरले धोका दिन थालेपछि आफ्नो जीवनमाथि खेलबाड भएको भन्दै रश्मिला विभिन्न ठाउँमा पुगिन् । यसपछि बल्ल उनीहरुको सम्बन्धबारे चर्चाले  खैलाबैला नै मच्चियाे।

ऐन महरले काठमाडौंको नेवार समुदायकी चेलीसँग विवाह गरेका छन् । स्नातकोत्तर गरेकी महरपत्नी विभिन्न कलेजमा पढाउँछिन् । रश्मिलासँगको सम्बन्धबारे बजारमा गाइँगुइँ हुन थालेपछि ऐनले भाइसहितका ‘केटाहरुको’ जत्था पठाएर धम्क्याउने, तर्साउने काम गर्न थाले । त्यसपछि महिलाले ऐनसँगको दुई घण्टा ३७ मीनेट १७ लामो अडियो सार्वजनिक गरिदिइन् ।

त्यो अडियो अध्यक्ष केपी ओलीको घरसम्मै पुग्यो, उनले ऐनसँग रिसाए । अध्यक्ष नै रिसाएपछि पार्टीबाट कारवाही हुने नै भयो । नत्र, त्यसअघिसम्म केन्द्रदेखि जिल्लासम्म राम्रै दादागिरी चल्ने गरेको थियो । उनले अघिल्लो जिल्ला अधिवेशन नै कब्जा गरेर आफूअनुकूलका युवाहरुलाई निर्वाचित भएको घोषणा गरेका थिए । अहिले पनि जिल्ला अधिवेशन कब्जै गर्ने तरिकाले अगाडि बढेका थिए । तर, विवादकै कारण स्थगित हुन पुग्याे ।

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

एमाले सचिवालय बैठकमा चर्चाको अर्का पात्र थिए, सिराज अहमद फारुकी । उनी पनि ऐनसँगै केन्द्रीय सदस्यबाट निश्कासनमा परेका छन् । उनकाे ठगी काण्ड बाहिर आएको छ । उनले गत वर्ष जसपाबाट एमाले पसेकी सर्लाहीकी पूर्वसांसद रुही नाजलाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाइदिन्छु भन्दै फारुकीले १५ लाख रुपैयाँ लिएका थिए ।

तर, न सांसद बनाए, न पैसा फिर्ता गरे । समानुपातिकतर्फ एमालेले मुस्लिम कोटामा एक सीट मात्रै पायो । रुहीको नाम पनि मुस्लिम महिलातर्फ पहिलो नम्बरमै थियो । तर, पार्टी केन्द्रीय सदस्य पनि भएका कारण उक्त एक सीटमा सिराज आफैंले सांसद पद च्याप्पे। रुहीका श्रीमान् एमालेको तर्फबाट सर्लाहीमा वडाध्यक्ष छन् ।

उनले रुहीसँग पैसा माग्दा भनेका थिए, ‘हाम्रो पार्टीमा चलनै कस्तो छ भने, अध्यक्ष र महासचिवहरुले केही भन्नुहुन्न । भन्नुपर्ने कुरा हामीलाई भन्न लगाउनुहुन्छ । हामीले जम्मा गरेर दिने हो ।’ भर्खरै एमाले प्रवेश गरेकी उनलाई लाग्यो, ‘साँच्चै नै होला ।’ प्रत्यक्षतर्फ चुनाव उठ्नुपर्‍याे भने तराईंमा कम्तिमा २ देखि ३ करोड खर्च गर्नुपर्ने हुन्छ ।

समानुपातिकमा १५ लाख तिरेर हुने भए त्यो मौका किन गुमाउने ? भन्दै रुहीले पैसा दिएकी हुन् । सांसद बनाउनु त कता कता सिराजले लामो समयसम्म पैसा पनि फिर्ता नगरेपछि रुही यो कुरालाई लिएर बालकोट पुगिन् । उनको कुरा सुनेर केपी ओली छक्क परे । भने, ‘हाम्रो पार्टीमा कहाँ यस्तो हुन्छ ? तपाईंलाई ठगेछन् ।’ पछि ओलीले सिराजलाई बोलाएर सोधे ।

शुरुमा त होइन भनेर टारे । ओली निकै रिसाएपछि बल्ल कुरा खोले, छोरालाई दिल्ली पठाउनुपर्ने, पैसा नभएर सापटी लिएको भन्दै । ‘सापटी लिएपछि तिर्नुपर्दैन त ?’ ओली यसो भन्दै रिसाए । पार्टी अध्यक्ष रिसाउँदासम्म पनि सिराजले पैसा फिर्ता गरेनन् । त्यसपछि रुही प्रहरी कहाँ ठगीको जाहेरी लिएर पुगिन् । प्रहरीले सिराजलाई बोलाएर सोध्यो ।

पैसा फिर्ता गर्ने भए जाहेरी दर्ता नगर्ने भन्यो । त्यसपछि उनले ४–५ पटक गरेर साट्न मिल्ने गरी फरक फरक मितिका चेक दिए । पैसा पनि साटियो । सिराजको बदमासी यतिमा मात्रै सिमित छैन । अर्को ठगी गरे, वीरगञ्ज पुगेर ।

त्यहाँका सांसद राजकुमार गुप्ताको पिए भनेर आफ्नो र सप्तरीका अर्का युवाको नाम लेख्दै विदेश जाने चक्करमा लागे । त्यो कुरा राजकुमारका पिएसओले देखिरहेका थिए ।

उनले राजकुमारलाई फोन गरेर भनिदिए, ‘यहाँ त हजुरको पिए भनेर अर्कै मान्छेको नाम लेखिरहेको छ ।’ यिनै काण्डमा परेर सिराजले पार्टी जिम्मेवारीबाट बर्खास्तमा परे । कुरा प्रष्ट यहीं हाे ।