वि.सं.२०८१ जेठ ६ आइतवार

बालबालिकाको अभिरुची जाँच्न एमईआईले गर्‍यो साइन्स प्रदर्शनी

पर्साको ठोरी गाउँपालिका -२ मा प्रविधिमैत्री एवं पारिवारिक वातावरणमा सञ्चालित एमईआई स्कुलले बालबालिकाको सिकाई अभिरुची बढाउन र जाँच्नका लागि साइन्स प्रदर्शनी गरेको छ ।पहिलो पटक गरिएको यो प्रदर्शनीमा झण्डै २० जना छात्रछात्राले सहभागिता जनाए ।

हाल नर्सरी’देखि ४ कक्षासम्म पठनपाठन गराइरहेको एमईआईले आउँदो शैक्षिकशत्रदेखि कक्षा ५ सम्म पठनपाठन गराउने तयारी गरेको छ । साथै नयाँ भर्नाका लागि फर्म खुलिसकेको छ । यसअघि अन्य अतिरिक्त क्रियाकलाप गर्दै आएको एमईआईले साइन्स प्रदर्शनी भने पहिलो पटक गरेको प्रिसिन्सपल द्रौपती तामाङले बताईन् । यो प्रदर्शनीलाई थप प्रविधिमैत्री बनाउँदै निरन्तरता दिइने समेत उनले जानकारी दिईन् ।

एमआईले स्कुल सञ्चालनको सुरुवाती दिनबाटै यस्ता व्यवहारिक एवं प्रयोगात्मक ज्ञानलाई अघि बढाएकोमा अभिभावकहरु खुसी छन् । उनी आफैँले पनि आफ्ना बच्चाहरुले देखाएको रुची र उनीहरुले गरेको प्रयोगात्मक अभ्यासको अवलोकन गरे ।    

प्रविधिको युगमा बालबालिकाहरु साइन्स एण्ड टेक्नोलोजीका अभ्यासबाट वञ्चित हुनु हुँदैन भन्ने कुरामा जोड दिँदै आफुहरुले यो प्रदर्शनी राखेको प्रिन्सिपल तामाङको भनाई छ । यो प्रदर्शनीबाट उनीहरु अभिरुची मात्र नभई लगावको पनि परीक्षण भएको उनले बताईन् । प्रिन्सिपल तामाङले भनिन्, ‘पढेर भन्दा पनि देखेर, सुनेर, स्पर्श गरेर जानिने व्यवहारिक ज्ञान सिपको विकासका लागि यो प्रदर्शनी उपयोगि सिद्ध भएको छ । त्यो कुरा विद्यार्थीहरुको सहभागिता र उनीहरुको अभ्यासबाट प्रमाणित भइसकेको छ ।’

पर्यावरणका हिसाबले निकै शान्त र सुन्दर ठाउँमा ठोरीमा रहेको एमईआई स्कुल काठमाडौंका महँगा स्कुलको तुलनामा सुलभ पनि स्तरीय पनि छ । यो स्कुल वातावरणका हिसाबले गाउँले एवं पारिवारिक भए पनि सिकाई र पठनपाठनका हिसाबले शहरका महँगा स्कुल भन्दा कम छैन ।

व्यवस्थापनमा पनि यत्तिकै ध्यान दिएको एमईआईले बालकालिकालाई कष्ट नहोस् र अभिभावकलाई ढुक्क होस् भनी एमईआईले २ वटा स्कुल बस नै सञ्चालनमा ल्याएको छ । शुल्कका हिसाबले पनि सहुलीयतपूर्ण नै छ ।

एमईआई स्कुलले स्वीजरल्याण्डको ‘माया एजुकेशन इनिसियटिभ्स’ एनजीओसँग सहकार्य गरेको छ भने अहिले ३५ जना बालबालिकालाई ‘स्पोन्सर अ चाइल्ड ईन नेपाल’नामक कार्यक्रम मार्फत पठनपाठनमा सहयोग गरिरहेको छ । आगामी दिनमा साझेदार संस्थामार्फत एमईआई स्कुलमा पढाउन र शिक्षकहरुलाई तालिम दिन स्वयंसेवकहरु आउने माया एजुकेशन इनिसियटिभ्सका इन्टरनेशनल डाइरेक्टर हिरा लामाले जानकारी दिए ।