वि.सं.२०८१ असोज २६ शनिवार

‘रक्सौल रेलवे’ स्टेसनमा नेपाल रेलवेको २० बिगाहा जग्गा भारतीयकाे कब्जामा

नेपाल कै जग्गामा सामग्री राखेबापत भारतीयलाई भाडा समेत तिर्नु परी रहेको नेपाली व्यवसायीहरूको गुनासो

नेपालको प्रमुख भन्सार नाका वीरगन्ज अनि भारतसँग सोझै रेलवे सम्पर्क रहेको एक मात्र सुक्खा बन्दरगाह रहेको पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलवे स्टेसनमा नेपाल रेलवेको करिब २० बिगाहा जग्गा बषौदेखि अलपत्र अवस्थामा रहेको छ ।

आयात निर्यात सहजताको लागि तत्कालीन नेपाल रेलवे कम्पनी लिमिटेडले भारत सरकारसँग खरिद गरी आफ्नो स्वामित्वमा ल्याएको करिब २० बिगाहा जग्गा नेपाल रेलवे कम्पनी र नेपाल सरकारको बेवास्ता कारण अलपत्र अवस्थामा पुगेको हो ।

जग्गामध्ये केही जग्गा भारतीय नागरिकले अतिक्रमण गरी घर टहरा पनि बनाई सकेको र भवन बेवारिसे अवस्थामा रहेको , बाँकी जग्गा भारतीय रेलवे आफ्नो अनुकूल प्रयोग गरिरहेको, नेपाल कै जग्गामा सामग्री राखेबापत भारतीयलाई भाडा समेत तिर्नु परी रहेको नेपाली व्यवसायीहरूको गुनासो छ ।

केही उद्योगीले मालपोत र नापी कर्मचारीहरुसँगको मिलेमतोमा रेल्वेको जग्गा उद्योगको नाममा नामसारीसमेत गराइसकेको बुझिएको छ ।

अम्लेखगञ्जदेखि पूर्वपट्टी हुलास, अशोक स्टिल, कत्था मिल हुँदै जितपुरगढीमाई मन्दिरदेखि पश्चिमपट्टी नारायणी लेदर, डाबर नेपाल, नारायणी रोलिङ मिल्स, नेशनल फर्मासिटिकल्स, गोदाबरी आयल्स, नारायणी इन्साफट, राहुल आयल लगायतका दर्जनौँ उद्योगले रेल्वेको जग्गा अतिक्रमणमा परेकाे हाे ।

यसैगरी कोइला उद्योग, कन्सेफ्ट औषधि उद्योग, ज्योति ग्रुपले  जग्गा अतिक्रमण गरेको स्राेतले बताएकाे छ।

नेपाल सरकारले ९९ वर्षका लागि भारतसँग २० बिघा जग्गा लिजमा लिएको थियो । पहिले कसरी के प्रयोग भयो तर अहिले भने नेपाल रेलवे कम्पनी लिमिटेडको जीर्ण भवन त्यहाँ छ , जग्गामा कहीँ घर टहरा छन् । कहीँ भारतीय ठेकदारहरूले कब्जा गरी राखेका छन् ।

…थप रियालिटी अर्को श्रृंखलामा : सम्पादक