दोलखाको कल्लबारी मा.वि, शैलुङ – १ का प्रधानाध्यापक चन्द्रलाल घिसिङ विद्यालय समयमा नै नेकपा (एमाले) को उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी भएका छन्। आचरसंहिता विपरीत राजनीतिक दललाई भोट माग्दै हिड्ने अधिकार उहाँलाई कसले प्रदान गर्यो ? भन्दै विद्यार्थी विरोधमा उत्रिएका छन् ।
निर्वाचन आयोगले सरकारी कर्मचारी, विद्यालयका शिक्षक र क्याम्पसका प्राध्यापकहरूलाई चुनाव प्रचारमा नलाग्न निर्देशन दिएको छ ।
कतिपय कर्मचारी र शिक्षक दलको चुनाव प्रचारमा लागेको पाइएपछि आयोगले कडाइ गरेको हो । कर्मचारी र शिक्षकले उम्मेदवारकोबारेमा सामाजिक सञ्जालबाट समेत प्रचार नगर्न आयोगले भनेको छ । प्रचार प्रसार गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । उक्त विद्यालयको एसईईको नतिजा चौपट रहेको एक स्थानीयले बताए ।