वि.सं.२०८१ भदौ २८ शुक्रवार

फलाेअप : ‘दादागिरी’ शैलीमा ल्यारक्याल लामाले हडपे २ रोपनी सरकारी जग्गा, टेर्दैनन् पालिकाको पत्राचार

सरकारी जग्गा हडपेर जंगबहादुरले ब्रिटेनबाट कालिगढ झिकाएर बनाएका दबारजस्तो आलीशान महल बनाएका लुम्बिनी विकास कोष उपाध्यक्ष एवम् पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामालाई बुढानीकलण्ठ नगरपालिकाले फेरि अर्को पत्राचार गरेको छ ।

सरकारी जग्गा कब्जा गरेर यसरी रजाइँ गरि रहेका छन् पुर्वमन्त्री ल्यारक्लाल लामा

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बुधबार पुनः लामालाई पत्र पठाइएको जानकारी दिएकाे बताएकाे हाे ।

गएको माघ १४ गते उहाँलाई पत्र पठाउँदै जग्गाको यथार्थ विवरण उपलब्ध गराउन तथा जग्गाको लालपूर्जाको समेत प्रतिलिपि मागेका थियौँ, एक महिना पुग्नलाग्दा पनि त्यो चिठीको जवाफ नआएपछि बुधबार फेरि हामीले ७ दिनको समय राखेर पत्र पठाएका छौं’, अधिकारीले भने ।

यो हो, उनको जग्गाको नक्सा र सरकारी जग्गा

तोकिएको अवधिभित्र पत्रको जवाफ नआए नगरपालिका कानूनी प्रक्रियामा अघि बढ्ने नगर प्रमुख अधिकारीले बताए । बुढानीलकण्ठ नगरपालिकाले पठाएको दोस्रो चिठीमा, ‘नगरपालिकाको चलानी नम्बर १९५१, मिति २०८०/१०/१४ को पत्र प्राप्त गरी व्यहोरा अवगत भएकै होला । तत् सम्बन्धमा वडा नम्बर २ स्थित सिट नम्बर १०२०९०७–१० (साबिक चपली ‘क’ सिट नम्बर १९) को कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिनू’ भनी उल्लेख छ ।

नगरपालिकाले लामालाई कित्ता नम्बर २६ को जग्गासँगै सार्वजनिक जग्गा प्रयोग भए/नभएको यकिन विवरण पनि उपलब्ध गराउन भनेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को चपलीमा उनले २ रोपनी १ आना बढी सरकारी जग्गा हड्पेको नगरपालिकाले निष्कर्ष छ ।

डा. लामाले चपलीमा निजी निवास बनाउँदा सरकारी जग्गा मिचेको र घरसँगै रहेको अरु जग्गामा काँडेतारबार गरेर कब्जा गरेकाले त्यो जग्गा छोड्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरिरहेको नगरपालिकाले जनाएको छ ।

हेरौँ यो, लामाले काँडेतारबार गरेको सरकारी जग्गा

बुढानीलकण्ठ नगरपालिकाले डा. लामालाई लाजपूर्जाको प्रतिलिपि माग्दै सुकुम्बासी बस्तीसँगै रहेको जग्गाको घेरबार हटाउन भनेको छ ।

नापी र मालपोतमा रहेका कागजात अध्ययन गर्दा २ रोपनी १ आना हाराहारीमा सरकारी जग्गा लामाले ओगटेको भेटिएको छ ।

प्रधानमन्त्री कै पार्टीका नेतासँग २ देशका नागरिकता र पासपोर्ट, होला त छानबिन ?

हालै मात्र गृहमन्त्रालयले देशभर अतिक्रमण भएका सरकारी जग्गाको यथार्थ विवरण पठाउन भनेर प्रमुख जिल्ला अधिकारी सीडीओहरुलाई निर्देशन दिइसकेको अवस्था छ । नगरपालिकाको आग्रह अटेर गर्दै आएका लामाले सरकारी जग्गा अतिक्रमण गरेको विवरण अब सोझै गृहमन्त्रालय पुग्ने छ ।