वि.सं.२०८१ असोज २६ शनिवार

प्रधानमन्त्री कै पार्टीका नेतासँग २ देशका नागरिकता र पासपोर्ट, होला त छानबिन ?

माघ १३ सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्यो । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

याे पनि….

निर्वाचन आयोगले निर्णय नगर्दै निर्वाचन परिणाम आएपछि आयोगले संवैधानिक इजलासले हेर्ने भन्दै तामेलीमा राख्यो । यही मुद्दा सर्वोच्च अदालतमा पुर्‍यो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्जर खतिवडा र आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले अमेकिी नागरिकता त्याग गरेको विधिवत जानकारी सम्बन्धित अधिकारी (सीडीओ)लाई नदिएको र नागरिकता ऐन र नियमावली अनुसार निवेदन दिई प्रक्रिया पनि पुरा नगरेको पाइएको बताएको छ । ‘यस्तो अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा (८७) १ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवारको योग्यता पुगेको भनि मान्न मिलेन’, फैसलामा भनिएको छ ।

अदालतले लामिछानेलाई उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका कामकारबाही संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेश बदर हुने अदालतको फैसला छ ।

केहि वर्ष पहिले लामिछाने कै प्रकृतिको मुद्धा हाल प्रधानमन्त्री भैराखेका प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) बाट सांसद बनेका ल्यारक्याल लामाको हकमा देखिएको थियो । अहिले उनी माओवादीका केन्द्रिय सदस्य छन् । एमालेबाट राजनीति थालेका लामा झलनाथ खनालको प्रधानमन्त्री कालमा अर्थ राज्यमन्त्री बने।

अर्थ राज्यमन्त्री नेपालको भए पनि भारतको नागरिक भनी A2129812 नम्बरको भारतीय पासपोर्ट र तिब्बतको नागरिक भनी भारतबाटै तिब्बती शरणार्थी कार्ड लिएका उनको नेपाली नागरिकताको विवरण पनि फेला परेको थियो।

लामासँग राष्ट्रियता भारतीय उल्लेख गरेर लिइएको ‘ए २१२९८१२’ नम्बरको भारतीय राहदानी रहेको छ, जसमा उनको नाम खेम्पो छिमे छिरिङ उल्लेख गरिएको छ । भने फोटो उनै लामाको रहेको छ । उनले सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा भारतको मैसुरबाट लामा छिमे छिरिङ नाम राखी शरणार्थीको परिचयपत्र लिएको समेत भेटिएको थियो ।

सिन्धुपाल्चोक जिल्लाको तत्कालिन हेलम्बु गाविस वडा नं ६ मा उनको स्थायी बसोबास गर्दै आएका लामाको नागरिकतामा डाक्टर उल्लेख गरेको छ । उनको नागरिकतामा २०२१ साल मंसिर १३ गते जन्ममिति उल्लेख गरिएको छ । उनको नागरिकता प्रमाण पत्र नम्बर ४८ र ६३७९८ रहेको छ । भने २००६/०८/ १५ तारिकमा ३१११०६२ नम्बरको राहदानी लिएको उनको नागरिकतामा हानिएको छापबाट देखिन आएको छ ।

लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट केन्द्रिय सदस्य हुन । विवादित पृष्ठभूमीका उनी यसअघि २०५८ पुसमा गुम्बा विकास समितीका अध्यक्ष थिए । त्यसपछि उनी माओवादी सिफारिसमा व्यवस्थापिका संसद सदस्य थिए ।

उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । त्यसपछि उनीमाथि छानविनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो ।

अख्तियारले २०५८ सालदेखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानबिन गरेको थियो । लामा २०५८ सालदेखि दुईपटक गुम्बा विकास समितीको अध्यक्ष बनेका थिए ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तीमा उनले लगातार दुई कार्यकाल काम गरे । २०६२ सालमा उनको दोस्रो कालकाल पूरा भयो।