वि.सं.२०८२ मंसिर २० शनिवार

वीरेन्द्र नेपाल पक्राउ

काठमाडौं । बेलायतमा बस्दै आएका बुटवल घर भएका वीरेन्द्र नेपाल नाम गरेका व्यक्तिले एक नेपाली युवतीलाई बलात्कार गरेको आराेपमा प्रहरी पक्राउ गरेको छ।

बेलायतमा बस्दै आएका वीरेन्द्रको यौ#न शोषण, ठगी र चरित्रहत्या काण्डः पीडित युवतीद्वारा आत्महत्या प्रयास

नक्कली ‘नेपाल’ थरको आडमा चलाखीपूर्ण रूपमा आफ्नो नाम चलाएर ‘नेपालीपन’ देखाउने वीरेन्द्रको वास्तविक थर भने सुनार हो भन्ने खुल्नमा आएको हाे।

उनलाई हिजाे बेलायती प्रहरीले पक्राउ गरेको स्राेतले जानकारी दिएको छ।

रास्वपा निकट बेलायत बसाेबास गर्ने वीरेन्द्र नेपालविरुद्ध चरित्र हत्या र ठगीसम्बन्धी मुद्धा दर्ता

 

केही दिन पहिला बेलायतमा घर भाडामा लिएर बस्दै आएका वीरेन्द्रले नेपालबाट गएका युवतीहरूलाई ‘कोठा उपलब्ध’ गराउने बहानामा आफ्नै घरमा राख्ने, पछि यौन प्रस्ताव राख्ने, नमान्दा ब्ल्याकमेल गर्ने, जबर्जस्ती गर्न खोज्ने, र अन्ततः उनीहरूका नग्न तस्बिर वा भिडियो बनाएर मानसिक, सामाजिक र शारीरिक यातना दिने काम गर्दै आएको प्रमाण खप्तडटिभीसंग सुरक्षित छ।

दर्जनौं युवती पीडित छन्। कोही बोल्न सकिरहेका छैनन्, कोही न्यायको आशमा रुँदै बसेका छन्। कोही आत्महत्याको प्रयास गरिसकेका छन्। कोही अझै पनि डरले चुप छन्। तर वीरेन्द्र अझै खुलेआम समाजमा नेपाली छोरीहरूलाई फसाइरहेका थिए।