वि.सं.२०८२ मंसिर १५ सोमवार

बेलायतमा बस्दै आएका वीरेन्द्रको यौ#न शोषण, ठगी र चरित्रहत्या काण्डः पीडित युवतीद्वारा आत्महत्या प्रयास

काठमाडौं । बेलायतमा बस्दै आएका बुटवल घर भएका वीरेन्द्र नेपाल नाम गरेका व्यक्तिले नेपाली युवतीहरूलाई यौनशोषण, ठगी, चरित्रहत्या, ब्ल्याकमेल, मानसिक यातना, जबर्जस्ती करणी प्रयास गरेर आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्‍याएको खुलासा भएको छ।

नक्कली ‘नेपाल’ थरको आडमा चलाखीपूर्ण रूपमा आफ्नो नाम चलाएर ‘नेपालीपन’ देखाउने वीरेन्द्रको वास्तविक थर भने सुनार हो भन्ने खुल्नमा आएको छ।

बिरेन्द्रको योजनाबद्ध षड्यन्त्र र फोहोरी धन्दाले बेलायतको नेपाली समुदायमा आतंक मच्चिएको छ।

बेलायतमा घर भाडामा लिएर बस्दै आएका वीरेन्द्रले नेपालबाट गएका युवतीहरूलाई ‘कोठा उपलब्ध’ गराउने बहानामा आफ्नै घरमा राख्ने, पछि यौन प्रस्ताव राख्ने, नमान्दा ब्ल्याकमेल गर्ने, जबर्जस्ती गर्न खोज्ने, र अन्ततः उनीहरूका नग्न तस्बिर वा भिडियो बनाएर मानसिक, सामाजिक र शारीरिक यातना दिने काम गर्दै आएको प्रमाण खप्तडटिभीसंग सुरक्षित छ।

रास्वपा निकट बेलायत बसाेबास गर्ने वीरेन्द्र नेपालविरुद्ध चरित्र हत्या र ठगीसम्बन्धी मुद्धा दर्ता

दर्जनौं युवती पीडित छन्। कोही बोल्न सकिरहेका छैनन्, कोही न्यायको आशमा रुँदै बसेका छन्। कोही आत्महत्याको प्रयास गरिसकेका छन्। कोही अझै पनि डरले चुप छन्। तर वीरेन्द्र अझै खुलेआम समाजमा नेपाली छोरीहरूलाई फसाइरहेका छन्।

एक युवती, जसले आफ्नो नामथर गोप्य राख्न आग्रह गर्दै, खप्तडटिभीसँग आँसु झार्दै भन्छिन् : उसले मेरो काेठा र शौचालयमा सीसीटीभी राखेको रहेछ। म भागेर ज्यान त जोगाए तर त्यसपछि तस्बिर र भिडियो देखाएर धम्की दिन थाल्यो । ‘ बिरेन्द्रले तेरो जिन्दगी नै बर्बाद गर्छु’, भन्यो।”

यही ब्ल्याकमेलिङका कारण, ती युवतीले दुई पटक आत्महत्या प्रयास गरिसकेको कुरा उनकी आमाले खप्तडटिभीसँग भनिन् ।

Nepalese in UK’ फेसबुक ग्रुप र फेक टिकटक : चरित्रहत्या अभियान

वीरेन्द्रले सामाजिक सञ्जाललाई आफ्ना अपराधको हतियार बनाएको छ।

युवतीहरूले यौन प्रस्ताव अस्वीकार गरेपछि उनीहरूका तस्बिरहरू सार्वजनिक गरेर ‘Nepalese in UK’ नामको फेसबुक ग्रुप र पेज, साथै फेक टिकटक अकाउन्टमार्फत बदनाम पार्ने काम उसले गर्दै आएको छ।

खप्तडटिभीको सम्पर्कमा आएकी एक पीडित युवतीका अनुसार, म वीरेन्द्रको घरमा भाडामा बस्दै गर्दा सुरुमै असहज महसुस भएको थियो ।

तर, एकदिन उसले मदिरा सेवन गरेर मेरो कोठामा जबर्जस्ती घुसेर दुर्व्यवहार गर्न खोज्यो। म त्यहाँबाट भाग्न सफल भए।

पीडितका अनुसार, वीरेन्द्रले ती सीसीटीभी फुटेजहरू सार्वजनिक गर्ने धम्की दिँदै यौनशोषण, मानसिक यातना र कुटपिट गर्न थाले। “ममाथि थुप्रै पटक दुर्व्यवहार भयो। पछि मैले मेरो आमालाई सबै कुरा भने। आमाले ऋण लिएर मलाई नेपाल फर्काउनु भाे। तर फर्किएपछि पनि बिरेन्द्रले मेरो तस्बिरहरू ‘Nepalese In UK’ नामक फेसबुक पेज, फेक अकाउन्ट र टिकटकमार्फत सार्वजनिक गर्‍यो।”

हुन्डी’, ‘पैसाको पावर’ र ‘राजनीतिक आड’

स्राेतका अनुसार, वीरेन्द्रले बेलायतमा अवैध रुपमा हुन्डी कारोबार गर्दै आएको छ। त्यही पैसाको बलमा उसले राजनीतिक संरक्षणसमेत पाएको संकेत भेटिएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी नजिक मानिएका छन्।

उक्त घटनालाई ढाकछोप गर्न खोज्ने केही दलका प्रतिनिधिहरूले सामाजिक सञ्जालमा पीडितमाथि उल्टै प्रश्न उठाएका छन् ।

जुन अराजनीतिक, अमानवीय र अपराधलाई संरक्षण गर्ने प्रयासको भईरहेकाे छ।

दजनाैं युवती पीडित, एस्थर राई प्रकरण झन् स्पष्ट

यो घटनामा एकमात्र पीडित ती युवती मात्रै होइनन्। स्राेतका अनुसार, बेलायतमा बसोबास गर्ने दर्जनौं नेपाली युवती वीरेन्द्रको शिकार बनेका छन्।

यसअघि धरान घर भई बेलायतको प्लमस्टेडमा बस्दै आएकी एस्थर राईले पनि वीरेन्द्र नेपालविरुद्ध गम्भीर आरोप लगाएकी थिइन्।

उनले कोठा भाडामा बस्ने नाममा लिइएको धरौटी रकम फिर्ता नगरेको, बारम्बार धम्की दिएको र मानसिक तनाव दिएको बताएकी छन्।

कानुनी प्रक्रिया र पीडितको आह्वान

खप्तडटिभीले यस्ता पीडित युवतीहरूको भनाइ, प्रमाण र दस्तावेज सुरक्षित राखेको छ।

एक पीडित युवतीले भनिन्, “हामी सबै मिलेर वीरेन्द्र जस्तो मानिसको मुखुण्डो खोल्नुपर्छ। हामी अब चुप लाग्दैनौं।”

यस विषयमा खप्तडटिभीले थप अनुसन्धान जारी राख्नेछ। साथै काठमाडौं जिल्ला अदालतमा वीरेन्द्र नेपालबिरूद्ध गाली वेइज्जती गरेको (दफा ३०५) २०८२-०३-०४ गते मुद्धा दायर भएकाे छ ।

वीरेन्द्रको विरुद्धमा नेपाल प्रहरी, बेलायती प्रहरी, इन्टरपोल र नेपाली दूतावासले संयुक्त अनुसन्धान गर्नुपर्छ। पीडित युवतीहरूलाई न्याय मिल्नुपर्छ ।

उनलाई कानुनी दायरामा ल्याएर अपराधको सजाय दिनुपर्छ।
त्यस्तै, “Nepalese in UK” जस्ता ग्रुपहरूमा भएका वीरेन्द्रका फेक पोस्ट र भिडियोहरू तुरुन्त हटाइनुपर्छ र प्राविधिक अनुसन्धानका लागि फेसबुकसँग समन्वय गरिनुपर्छ।

यस बिषयमा खप्तडटिभीले बिरेन्द्रसंग बुझ्न खाेज्दा उल्टै धम्कीपूर्ण शैलीमा धम्की दिदैं पन्छिनु भाे ।

यदि तपाईं वा तपाईंको वरपर कसैले यस्तै पीडा भोगिरहनुभएको छ भने, कृपया खप्तडटिभीसँग सम्पर्क गर्नुहोस्। तपाईंको गोपनीयता सुरक्षित राखिनेछ र तपाईंलाई आवश्यक सुरक्षा र न्याय दिलाउने प्रतिबद्धता गरिन्छ : सम्पादक