वि.सं.२०८१ असोज २६ शनिवार

यस कारण तस्करीमा मुछिए दुई सांसद..!

गत पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा भएको वन्यजन्तु चोरी शिकारीको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सांसद प्रमोदकुमार जयसवालका चालक सलिम मियाँ अन्सारी निकुञ्जले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जयसवालको घरबाट झापस दास थारु, विशाल सहनी, दामोदर अधिकारी, म्लाङ दोङ तामाङलाई मृत हरिणसहित अवैध हातहतियारसहित नियन्त्रणमा लिएको थियो । वन्यजन्तुको अवैध सिकार तथा तस्करीमा प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो जिप प्रयोग भएको थियो ।

सांसद जयसवालसहित उनका भाइ एवं सखुवा प्रसौनीका पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले बयान दिएका छन् । उनीहरूले आफूलाई निर्दोष रहेको दाबी गर्दै बयान दिएको निकुञ्ज स्रोतले बताएको छ ।

तस्करीमा प्रयोग भएको बन्दुक वाग्मती प्रदेशअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५(२)का सांसद श्याम खड्काको भएको खुल्न आएको छ ।

तस्करीको घटनामा सांसद खड्काको नाम पनि जोडिएपछि निकुञ्जले पत्र काटेर बयान दिनका लागि बोलाएको छ ।