वि.सं.२०८१ असार १ शुक्रवार

फाउन्डेसनका अध्यक्ष प्रतिहस्तको सक्रियतामा मधेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन मधेश प्रदेश समितिले मधेश प्रदेशका मुख्यमन्त्री सामु ज्ञापन पत्र पेश गरेको छ । फाउन्डेसनको मधेश प्रदेश समितिका सदस्यहरुको सल्लाहमा ज्ञापन पत्र दिएको एक सदस्यले बताए । मधेश प्रदेश समितिका अध्यक्ष राजु प्रतिहस्तको पहलमा मधेशका अधिकांश जिल्लामा जिल्ला भेला समेत भएको छ ।