नेकपा एमालेका नेता ऐन महरका भाई अशोक महर २ लाख ५० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका छन्।
एमाले नेता महरबाट बलात्कृत भएको भनिएकी रस्मिला धामीको निवेदनको आधारमा अशोकलाई शुक्रबार साइबर ब्युरोले पक्राउ गरेको थियो।
कम्प्युटरसम्बन्धी अपराध – विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी ऐन, २०६३ मुद्दामा आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले २ लाख ५० हजार धरौटी माग गर्ने आदेश हाे ।
उक्त धराैटी रकम बुझाएर अशोक रिहा भएको साईबर ब्युरोका एक उच्च अधिकारीले खप्तडटिभीलाई जानकारी दिए।
नक्कलि फोटो र नक्कली च्याट खडा गरेर सामाजिक संजालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै रस्मिलाले साईबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।
रश्मिलाको भनाई अनुसार अशोकले अरु नै अपरिचत महिलाको तस्बीरमा अनुहार जोडेर अश्लिल तस्बीर खडा गरेर चरित्रहत्या गर्दै आएका थिए । उनले नक्कली तस्बिर मात्रै खडा गरेका थिएनन्, नक्कली च्याट तयार गरेर रस्मिलाको बदनाम गराउने प्रयास गरेका थिए । अशोकले रस्मिलाको फेसबुक पोस्टमा गएर अश्लिल शब्दसहित गालिगलौजसमेत गर्दै आएका थिए ।
बलात्कार आरोपित एमाले नेता ऐनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गर्दै आइरहेको रस्मिलाको आरोप छ ।
अदालतले ऐन महरमाथि मुद्दा चलाउन आदेश दिए पनि प्रधानमन्त्री ओलीको संरक्षण र दबाबमा सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मुक्ति दिने प्रयास गरिरहेको रस्मिलाको भनाई छ ।
२०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि उच्च राजनीतिक संरक्षण तथा दबाबमा महरलाई संरक्षण दिने काम भएको पीडित धामीको भनाइ छ ।






























