वि.सं.२०८२ मंसिर २ मंगलवार

रश्मिलाको चरित्रहत्या गर्ने ऐन महरका भाई अशोक पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरका भाई अशोक महर पक्राउ परेका छन् ।

एमाले नेता महरबाट बलात्कृत भएको भनिएकी रस्मिला धामीको निवेदनको आधारमा उनका भाई अशोकलाई साइबर ब्यूराेले पक्राउ गरेको हाे।

प्रधानमन्त्री ओलीलाई रश्मिला धामीको प्रश्न- ऐन महरलाई कहिले कारबाही हुन्छ ?

 

आज शुक्रबार पक्राउ गरेर अशोकमाथि थप अनुसन्धान अघि बढाइएको साईबर ब्यूरोले जनाएको छ ।

नक्कलि फोटो र नक्कली च्याट खडा गरेर सामाजिक संजालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै रस्मिलाले साईबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

रश्मिलाको भनाई अनुसार अशोकले अरु नै अपरिचत महिलाको तस्बीरमा अनुहार जोडेर अश्लिल तस्बीर खडा गरेर चरित्रहत्या गर्दै आएका थिए । उनले नक्कली तस्बिर मात्रै खडा गरेका थिएनन्, नक्कली च्याट तयार गरेर रस्मिलाको बदनाम गराउने प्रयास गरेका थिए । अशोकले रस्मिलाको फेसबुक पोस्टमा गएर अश्लिल शब्दसहित गालिगलौजसमेत गर्दै आएका थिए ।

बलात्कार आरोपित एमाले नेता ऐनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गर्दै आइरहेको रस्मिलाको आरोप छ ।

अदालतले ऐन महरमाथि मुद्दा चलाउन आदेश दिए पनि प्रधानमन्त्री ओलीको संरक्षण र दबाबमा सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मुक्ति दिने प्रयास गरिरहेको रस्मिलाको भनाई छ ।

 

२०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि उच्च राजनीतिक संरक्षण तथा दबाबमा महरलाई संरक्षण दिने काम भएको पीडित धामीको भनाइ छ ।

एकातिर बलात्कार आरोपित ऐन महरले राजनीतिक संरक्षण पाईरहँदा अर्कोतिर ऐन महरकै भाई अशोक महर र उनका नजिकका व्यक्तिहरुबाट आफ्नो चरित्रहत्याको प्रयास भइरहेको रस्मिलाले बताएकी छिन् ।