सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनका लागि आफ्नो उर्वर उमेर सामाजिक एवं राजनीतिक संघर्षमा समर्पण गरेका ब्यक्तिहरु मंसिर ४ मा हुन लागेको आवधिक निर्वाचनमा काठमाडौं जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि परिपक्व, विवेकशील तथा निष्ठावान तीन जना उम्मेदवारहरु रहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट डा. अर्जुन कुमार प्रसाई, डा. राजन भट्टराई र नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा बिच प्रतिस्पर्धा हुने भएको छ।
१६५ वाट निर्वाचन क्षेत्र मध्ये निकै चासो र प्रतिस्पर्धा निर्वाचन क्षेत्रको रुपमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ लाई हेरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका प्रभावशाली नेता डा।राजन भट्टराई यी दुई विचको चुनावि प्रतिस्पर्धामा डा. अर्जुन कुमार प्रसाइको उपस्थितलाई निकै रोचक ठाँनिएको छ ।
डा. अर्जुन कुमार प्रसाइले, डा. भट्टराई र महामन्त्री थापाको मनमा क्रस खुकुरी चमकाइरहेका छन् ।
नेकपाका प्रभावसाली नेता डा. भट्टराई २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धामा सत्ता गठबन्धन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासंग पराजित भएका थिए, भने आज उनै थापासंग पुनः प्रतिस्पर्धा गर्दै छन् ।
यस्तै गत साता काठमाडौं महानगरपालिकाको वडा नं ३० मा गगन थापाको घरदैलो कार्यक्रम थियो । गगन थापाको क्रेज हेर्न सो घरदैलोमा सहभागी हुँदा धेरैले उनलाई प्रधानमन्त्री हुन सुझाव र आशीर्वाद दिने गरेका रहेछन् ।
पछिल्लो दुई साता घरदैलोमा जाँदा सबैतिरजसो गगनलाई प्रधानमन्त्री बनाउन चाहनेहरू मात्रै भेटियो । तर उनलाई प्रधानमन्त्री बनाउन नचाहनेहरूले भने अनेक प्रोपोगाण्डा गर्ने गरेका छन् । घरदैलोको क्रममा धेरैतिर गगनलाई प्रधानमन्त्री बन्न सुझाव आएको समाचार आएपछि नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ४ का प्रत्यासी डाक्टर राजन भट्टराईले एक टेलिभिजनसंगको संक्षिप्त कुराकानीमा नेपाली कांग्रेसले बहुमत स्थानमा उम्मेदवारी नदिएकाले कांग्रेस महामन्त्री गगनकुमार थापा मुलुकको प्रधानमन्त्री हुनै नसक्ने ठोकुवा गरे ।
नेपाली कांग्रेसको संसदिय दलको नेतामा चुनाव लडेर विजय पश्चात समग्र देशको नेतृत्व गर्ने बताउँदै आएका महामन्त्री थापासंगै चुनावमा प्रतिस्पर्धामा रहेका डाक्टर भट्टराईलाई ‘आजका मितिमा नेपाली कांग्रेसको बहुमत नहुँदैपनि कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री भएको तथ्य बिर्सिंदै उनले मतदातालाई झूटो तर्क गरेका हुन् । दोस्रो कुरा आजका मितिमा नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार निर्माण हुने र उक्त सरकारले राजनीतिक स्थिरतासँगै सुशासन समेत दिने बताएर गठबन्धनकै सरकार निर्माणका निम्ति देउवा नेतृत्वमा निर्मित गठबन्धन चुनावी मैदानमा छ । त्यसलाई पनि भुलेर उनले सिधा गगन प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका छन् ।
त्यसो त गगन प्रधानमन्त्री बने भने काठमाडौंकै लागि पनि धेरैपछिको इतिहास बन्नेछ । तर उनलाई प्रधानमन्त्री बन्न नदिन प्रतिपक्षीले सक्दो कोसिस गरिरहेको छ । तर षड्यन्त्रसँग नहार्ने गगन त्यो षड्यन्त्रलाई चिरेर अघि बढ्न खोजिरहेका छन् ।