वि.सं.२०८१ असोज २६ शनिवार

इलेक्सन इक्जिटपोल : विश्लेषकहरु भन्छन् -कास्की २ मा गिरी बलिया

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मुखैमा आउँदा चुनावी नतिजालाई लिएर विभिन्न पूर्वानुमान अर्थात् इक्जिटपोलहरु आउनेक्रम बढेको छ । ओपनियन पोल र इक्जिटपोलहरु लिएर घरी एउटा च्याम्बर र घरी अर्को च्याम्बर धाउनेहरुको दौडधूप समेत बढेको छ । तर, हामी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अन्तर्गत मौन अवधि चलिरहेको छ ।

मौन अवधि चालिरहेपनि ओपनियन पोल र इक्जिट पोलहरु भने आइरहेका छन् । त्यसै क्रममा कास्की क्षेत्र नम्बर २ मा विश्लेषकहरुले दलीय भन्दा स्वततन्त्र उम्मेद्वार कै पक्षमा माहोल निर्माण भएको विश्लेषण गरेका छन् । एक जना विश्लेषकका अनुसार कास्की क्षेत्र नमम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ऋगेन्द्र नेपाली गिरीले उत्साहजनक मत ल्याउने आँकलन गरे ।

गिरी सामान्य चिन्ता र योजना वा लहडले चुनाव लड्न होमिएका होइनन् । नेपालमा विना कुनै मेहिनत अर्थतन्त्रमा बहुआयामिक छलाङ मार्न सकिने विश्वासका साथ गाँजाको वैधानिकताका लागि अहोरात्र लागेका गिरीलाई बहुसंख्यकले रुचाएका छन् ।