वि.सं.२०८१ जेठ ७ सोमवार

दलितको सीप चल्ने, राम्री राम्री छोरी र सेक्स चल्ने तर पानी किन नचल्ने ?

सीप चल्छ कामीको राम्री राम्री छोरी चल्छ पसिना थुक लगाउदै गन्ती गरेको पैसा चल्छ ।

मन्दिरमा माथी शिरमा गजुर, त्रिशुल, मन्दिरभित्र मुर्ती कामीले नै आरमा फलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ ।

पंधेराबाट पानी भरी ल्याउने तामाको गाग्री कामीले नै बनाएको चल्छ तर कामीले छोएको पानी चल्दैन ।

वाहा ! कति रमाईलो छ है नेपाली समाज ? सेक्स चल्ने । जवानी चल्ने । सीप चल्ने ।

औजार चल्ने । तर उसैले खाली शरीरले छोएको पानी नचल्ने । पानी पानीकाे रंग हुदैन ।

मैले अध्ययन गरेको थिए पानीको कुनै रंग हुदैन । जुन रंग मिसायो त्यही रंग हुन्छ ।

तर मान्छे मान्छे नै हो । मान्छेमा कुनै फरक हुदैन । रगत सबैको राताे हुन्छ। मान्छेको शारीरिक अंग चाहे हस्पिटलले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ ।

भौतिकवादले संसार जिति सक्यो । चन्द्रमा गएर मानिस बाँस बसि सके ।

हामी नेपाली एउटा सियो बनाउने सिप छैन, भौतिवादको आँखामा तर जातीय छुवाछूत अनि जातीय विभेदकाे कुरा गर्छौ ।

मेरो बुझाईमा हामी जबसम्म नेपाली जातीय मुद्दाबाट मुक्त हुन सक्दैनौं सु-शासन शान्ती अमन चयन र समृद्धी हुदैन । एकता नै समाज रुपान्तरण हो देश समृद्धि हो। खै त बुझेको..?