वि.सं.२०८१ जेठ ७ सोमवार

पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती

यति नराम्रो बनाउनु भो, तपाईँले चरि*त्रही*न नै बनाउनु भयो क्या ?

गएको कात्तिक १६ गते पूर्व एआईजी रणबहादुर चन्द र स्वघोषित अभियन्ता तारा बरालबीच विवाह गर्ने लिखित सम्झौता भएकाे सम्झौतापत्र र अडियाे पनि सार्वजनिक भयाे ।

सार्वजनिक पत्रअनुसार डिभोर्सी चन्द र एकल महिलाको रूपमा रहेकी बरालले कानुनी विवाह गर्ने सहमतिमा हस्ताक्षर गरेका थिए ।

काठमाडौंको सिनामंगलस्थित एक होटलमा कानुन व्यवसायी समेतको उपस्थितिमा भएको उक्त सहमति पत्रलाई एआईजी चन्दले भने लगत्तै अस्विकार गरे। उनले उक्त सम्झाैता ‘झुट’ भएकाे समेत बताए । रिपोर्टस क्लब, नेपालमा पत्रकार सम्मेलन नै गरेर चन्दले आफू ‘हनि ट्र्यापिङ’को शिकार बनेको दाबी गरेका थिए ।

अभियन्ता तारा बराल र नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दबीच बिहे गर्ने सहमति भएको पत्र

‘तपाईंको रेकर्ड सार्वजनिक गर्छु’ भन्दै बरालले ब्याल्कमेलिङको आडमा उक्त लिखित सम्झौता गराइएको एआईजी चन्दकाे भनाइ छ । उनले आफूँ अन्यायमा परेकाे भन्दै प्रहरीमा गुहार्ने पनि बताएका छन् ।

चन्दको पत्रकार सम्मेलन सकिए लगत्तै आफ्नो मानहानी भएको दाबी गर्दै स्वघोषित अभियान्ता बराल भने राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगमा दौडधुप सुरु गरेकी छिन् ।

चन्द र बरालकाे विषय मथ्थर नहुँदै नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरको भनिएको एक अडियो यतिबेला सामाजिक सञ्जालमा छ्याप्तछ्याप्ती भएको छ ।

एक जना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक सञ्जालमार्फत बाहिरिएको हो।

चर्चामा आएकाे विषयअनुसार महरले विवाहित स्त्रीसँग शारीरिक सम्पर्क राखेको र ती स्त्री गर्भवती बनिसकेपछि गर्भपतको औषधिसमेत नकिनिदिएर टाढिन थालेपछि ती महिलाले नै महरसँग भएको कुराकानीको अडियो सार्वजनिक गरेको देखिन्छ ।

तर, यो प्रकरण सार्वजनिक भएपछि उक्त अडियोलाई समेत जोडेर सामाजिक सञ्जाल प्रयोगकर्ताले नेता महरलाई त्यो विषयमा प्रष्टिकरण दिन उनकै फेसबुक पेजमा कमेन्ट गरेर माग गरिरहेका छन् ।

विवाहित महिलासँग शारीरिक सम्पर्कमा रहेका महरसँगै अर्का व्यक्ति पनि ती महिलासँग जोडिएपछि महरले ती महिलासँग दुरी बढाएको सार्वजनिक भएको अडियो सुन्दा प्रष्ट हुन्छ ।

महरसँगकै अवैध सम्बन्ध सार्वजनिक भएपछि डिभोर्सको नजिक पुगेकी ती महिलालाई डिभोर्स नगर्न सुझाव दिँदै आफूले के सहयोग गर्नुपर्ने हो त्यो गर्न तयार रहेको भन्दै ती महिलालाई कन्मिन्स गर्ने महरको प्रयास सफल नभएपछि यो अडियो सार्वजनिक बताइन्छ ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए ।

यो प्रकरण सार्वजनिक भएपछि  महरसँग प्रतिक्रिया लिन खोज्दा अनले फाेन उठाएनन् ।

संवादको बिचमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गरेका पुरुषले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएको अडियोमा सुनिएको छ ।

सो अडियोमा महिलाले घटना सार्वजनिक गर्न खोजेपछि पुरुषले दबाब र धम्की दिएको आरोप लगाइएको छ । संवादमा महिलाले भनेकी छन्, ‘मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?’

सामाजिक सञ्जालमार्फत बाहिरिएको संवाद यस्तो छ-ः

  • पुरुष: म चाहिँ विश्वास र माया हो ।
  • महिला: मैले चाहिँ विश्वास गरेका हैन ?
  • पुरुष: हिजो जसरी म तँलाई बर्बाद पार्छु सिध्याउँछु तिमिले दुनियाँ कुरा जुन भन्यौँ त्यो कुराले म असाध्यै अचम्मित भयभीत र त्रसित भा’को हु । तिमीसँगको जुन माया र विश्वास थियो अब त्यो चाहिँ रहेन ।
  • महिला: अब के रह्यो त बाँकी ? म सँग पनि विश्वासको कुरा नै रहेन निँ तपाईँको ।
  • पुरुष: मैले जे कुरा भनेपछि अन्यत्र लगेर सुनाउँदा रहेछौ । अरूको कुरा सुनेर मसँग झगडा गर्न आउँथ्यौ ।
  • महिला: यति नराम्रो बनाउनु भो, तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या ?
  • पुरुष: छैन, चरित्रहीन हैन । मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेको । तिमीले मसँग सम्बन्ध भयो भनिरहँदा मैले होइन, उसले रिसले भनिरहेको छ भनेर मैले जोगाएको हुँ ।
  • महिला: मैले त सवैलाई (परिवार)मा भनेँ नि त । अब १० चोटि कत्ति एउटै कुरा गर्ने ? तपाईँले औषधी किन्देको भए केही हुने थिएन । तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको हो क्या । तपाईँले मलाइ जस्ट युज मात्रै गरेको रै’छ मलाई थाहा भयो । म कति रोएँ क्या त्यो बेला ।
  • पुरुष: युज को कुरा गर्छौ, युज त तिमीले मलाई गरेको फिल भैराछ ।
  • महिला: से*क्स गरेको भनेर औषधि किन्दिनु भनेर म (उसलाई) भन्नु ?
  • पुरुष: तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?
  • महिला: नोबाल्नु नत, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।
  • पुरुष: ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?
  • महिला: मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?
  • पुरुष: मैले भाइहरूलाई पनि बोलाएर भनेँ । गल्ती भयो भाइ हो, ऊसँग नजिक थिएँ भनेको छु । तर, धम्की दिएको छैन ।
  • महिला: धम्की किन दिएको छैन, घर वरपर आएर ? मलाई मार्ने भए मार्नु, म तपाईंकै अगाडि मर्दिन्छु ।
  • पुरुष: मर्ने मार्ने कुरा नगर, मलाई मार्नु पनि छैन । मेरो कुरा के भने, तिम्रो पनि इज्जत जोगियोस् भविष्य बनोस् ।
  • महिला: मेरो त भविष्य खतम भैसकेको छ । डिभोर्स गर्छु । तपाईँको के हो ?
  • पुरुष: डिभोर्स नगर, मिलेर बस । जुन तिमीहरू मिलेकै छौँ नाटक जस्तो लागिरा’छ तिमीहरूको । अहिले मेरा विरुद्ध पनि सँगै हिँडिरहेका छौ । तर, हिजो जसरी भन्यौ म रातभर सुत्न सकेको छैन । डिभोर्स नगर, मिलेर बस त्यसको लागि के वातावरण बनाउनुपर्छ , मैले के सहयोग गर्नुपर्छ ? आत्मीयता, साथ सहयोग मेरो रहन्छ । कहिल्यै नराम्रो गर्दिनँ, नराम्रो सोच्दिनँ ।
  • महिला: आज भने आज भोलि भने भोलि डिभोर्स दिन्छु, साइन गर्न बाँकी त हो नि !

विवादित महरको असली मुहार
तत्कालीन एमालेनिकट अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष हुँदा सामान्य आलोचना गरेकै कारण त्रिचन्द्र क्याम्पस अगाडि आफ्नै संगठनका विद्यार्थी नेता एवं सहयोद्धा जनक सिंहलाई खुँडा प्रहार गरेर मार्ने प्रयास गरे । जो अहिले अष्ट्रेलियामा छन् । उनी अहिले अपाङ्गताको जीवन व्यथित गरिरहेका छन् । त्यो बेला ४ वटा मोटरसाइकलमा सवार महरका सहोदर भाइ र मामासहित ८ जनाले खुँडा–खुकुरी प्रहार गरेका थिए ।

२८७ टाका लगाएर बाँचेको भन्दै सिंहले खुल्लापत्र समेत लेखे । त्यसअघि उनीसहितको ग्याङ्को आक्रमणले अस्कल क्याम्पसमा माधव नेपाल पक्षधर वसन्त शाहीको हत्या भयो । त्रिचन्द्र कलेजमा आफुले ठेक्का नपाएपछि उनले गोली चलाए । त्यसविरुद्ध उनलाई फौजदारी मुद्दा लाग्यो । सनकले कांग्रेसको भ्रातृ संगठन छोडेका महर आर्मी बन्न सकेनन् । र, राजनीतिक आडमा असुली तथा ठगि गर्ने ‘गुण्डा’ बने । कांग्रेसको राजनीति गर्ने बाबुलाई प्रयोग गर्न नसकेपछि अवसरका लागि एमाले छिरेका उनी टोले गुण्डा हुँदै राजनीतिक गुण्डासम्म बन्न भ्याए । अखिल बनेपछि टोले गुण्डाबाट धन्दा फेरिएको धेरै भएकै छैन । अस्तिसम्म संसदमा बोल्न नजानेकै कारण ट्रोलको सिकार भएकी नविना लामालगायतसँग ठास्सठुस्स गर्ने महर एकाएक अनेरास्ववियुको संयोजक हुँदै एमाले केन्द्रीय सदस्य बने । एमाले अध्यक्ष ओलीलाई लोभ, प्रभावमा पारेर प्रतिनिधि सभा सदस्यको टिकट हत्याए । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भए ।

खासमा उनको धन्दा आर्मी, प्रहरी बनाइदिन्छु, सरुवा बढुवा गरिदिन्छु भन्दै असुली गर्ने हो । त्यति मात्रै होइन विभिन्न परीक्षामा फेल हुनेलाई पास गराइदिन्छु भन्दै उनले कयौँ व्यक्तिसँग पैसा असुल गरेका छन् । उनको धन्दा र उनीबारे कसैले टिप्पणी मात्रै गरे भने पनि भाइ भारदार तथा टोले गुण्डाको ग्याङ बोकेर हातहतियारसहित भौतिक आक्रमणमा उत्रिहाल्छन् । उनको असली अनुहार यहि हो ।

पृष्ठभूमि
बझाङ जिल्ला जयपृथ्वी नगरपालिका ८ स्थायी घर भएका नेपाली कांग्रेस महासमिति सदस्य रामबहादुर महर र रतनादेवी महरको जेठा छोरा हुन्, ऐन महर । र, उनलाई साथ दिने नामुद ‘सन्कि गुण्डा’ अमित महर, उनका सहोदर भाई हुन् । ति दुबै आफुलाई एमाले अध्यक्ष केपी ओलीको छोरै भन्न भ्याउँछन् । ओलीसँग बसेर खिचेको फोटो देखाएर कयौँलाई ब्ल्याकमेल गरि असुली गरेको समेत खुल्न आएको छ ।

ऐन महर उनका भाई अमित महर र केपी शर्मा ओली

काठमाडौंको ठमेल, नयाँबजारतिर हप्ता असुली, चिनियाँ व्यापारीको यार्सागुम्बा लुट्पाट, ठेक्कापट्टामा खोंंचे थापेर उठाएको कमिसनले बोहोराटारमा ४–५ तलाको आलिशान महल बनाएका छन्, महरले ।

एउटा विद्यार्थी नेताको काठमाडौंमा आलिशान महल ? त्यो पनि कम्युनिष्ट पार्टीको नेता कार्यकर्ताः यो आफैंमा विरोधाभाष छँदैछ ।

काठमाडौंमा आलिशान महल ठड्याएर चुनाव लड्न जिल्ला चाहिने ! अचम्म होइन त ? आफ्नो साथमा जनता रहेको भन्दै देखावटी नेतागिरी गरिरहेका ‘टुरिष्ट उम्मेदवार’ महरलाई जिल्लामा वर्षौदेखि संगठन परिचालन गर्ने एमाले नेताहरुले कसरी मतदान गर्लान् ? र, पैसा र पावरको आडमा वर्षौँदेखि त्याग र योगदान गरिरहेका नेताको हुर्मत लिएर टिकट हत्याउने कस्तो राजनीतिक परिपाटी बसाल्न खोजेका हुन्, उनका ‘पिता प्रिय’ ओलीले ?

महरको नाम नयाँबजारमा गुन्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी ‘चरी’सँग समेत जोडिएको छ । उनी कुनै बेला चरीको मुख्य सहयोगी भएर बसेका थिए । प्रहरी इन्काउण्टरमा चरी मारिएपछि पनि उनले असुली धन्दा रोकेनन् । खाद्यान्न व्यापारी एवं ठेकेदार जीवन चलाउनेले उपहार दिएको इको स्पोट्र्सको ४० लाख पर्ने गाडी चढेर उनी अर्बको धाक दिन्छन् ।

त्रिचन्द्र क्याम्पसमा ८० लाखको टेन्डर हुँदा नेविसङ्घका भीमसेन गुरुङ, रत्न थापालगायत दर्जनौँ नेता–कार्यकर्तालाई गोली, खुकुरी, रड र ढुङ्गा हानी घाइते बनाएका उनको गोलीकाण्ड युट्युवमा अहिले पनि हेर्न पाइन्छ । त्रिचन्द्रका तत्कालीन स्ववियु सचिव सञ्जय यादवले प्रतिरोध गरेको भिडियो समेत युट्युबतिर हेर्न पाइन्छ ।

सँगैका सहयोद्धा जनक सिंहलाई घण्टाघर चोकमा खुकुरी र रड प्रहार गरी सख्त घाइते बनाएका उनका भाइ लगायतले एमालेका आदर्श नेता मनमोहन अधिकारीको नामबाट खोलिएको अस्पतालमै घुसेर आक्रमण गरेको भिडियो अहिले पनि खप्तडटिभीसँग सुरक्षित छ ।

ऐन महर समूहद्धारा महनमोहन अस्पतालको आकस्मिक कक्षमा उपचार गरिरहेका घाइतेमाथि आक्रमण र तोडफोड गर्दै गरेको दृश्य

आफ्नै नेताको अपमान गर्ने गरी अस्पताल जस्तो अतिसंवेदनशील क्षेत्रमा घुसेर घाइतेलाई कुटपिट गर्ने, अस्तपताल तोडफोड गर्ने महर कुन् नैतिकताले त्यही पार्टीबाट सार्वभौम संसदको यात्रा गर्छु भनिरहेका होलान् ? साँच्चै त्यसरी गुण्डाहरुलाई प्रवेश गर्न दिने मनमोहन अस्पतालका कर्मचारी र मानवीय संवेदना गुमाएका ऐन महरका ‘सन्कि गुण्डाहरु’लाई के मनमोहनले माफी दिए होलान् र ?  

ऐन महरका थप समाचार पढ्नुहाेस्..

  1. माफ गर्नुहोला कमरेड ऐन महर ! म तपाईलाई भोट हाल्दिन..!
  2. अपराधिक पृष्ठभूमिका ऐन महर बझाङमा भोट किन्न अनेक गर्दै ?, ४ करोडको हल्ला
  3. चुनावका बेला ऐन महरलाई आपतै आपत, गोली चलाएको भिडियो बन्यो भाईरल..!