वि.सं.२०८१ जेठ ६ आइतवार

कांग्रेस नेता बानियाँको हनीट्रयाप काण्ड : सेटल गर्न करोडको चलखेल

के हो हनीट्रयाप ?

हिजो आज अंग्रेजी शब्द ‘हनीट्रयाप’ खुब चर्चित छ । र, पछिल्ला दिनमा ‘हनीट्रयाप’का नयाँ–नयाँ श्रृंखलाहरु देखिन थालेका छन् । आर्थिक अवस्था बलियो भएका तथा उच्च ओहोदामा आसिन व्यक्तिहरु अहिले यस अपराधको शिकार हुने गरेका छन् ।

रातारात धनाड्य हुने दुरासय भएका युवतीसँग सामाजिक संजालमार्फत हुने म्यासेज आदानप्रदानका कारण पनि कतिपय उच्चपदस्थहरु हनीट्रयापमा पर्ने गरेका छन् ।

त्यही हनीट्रयापको शिकार भएका छन्, नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ । उनलाई हनीट्रयापमा पार्ने पार्टी वा समूह बाहिरकी युवती वा महिला भने होइनन् । कांग्रेस कै नेतृ हुन् । त्यो पनि विवाहित । सोलु माइती र सिन्धुली घर हो, उनको । जहाँबाट कांग्रेसको राजनीति गर्छिन्, उनी । निरौला थरकी महिलाले जाहेरी परेको भनेर प्रहरीको हवालादिई फोन गरेपछि बानियाँले आफ्नो नाक काटिनबाट जोगिन ठूलै रकम खर्च गरेको खुलासा भएको छ ।

बानियाँले बिचौलियामार्फत् करिब डेढ करोड रुपैयाँ तिरेर केस ढिसमिस पारेको बताइएको छ । यसमा विचौलियादेखि प्रहरी बनेर फोन गर्नेसम्मले हिस्सा पाएका छन् । प्रहरी नै भनेर फोन आएपछि बानियाँको दिमाग ठेगानमा रहेन । उनका सल्लाहकारले सेटलमेन्टको सल्लाह दिए ।

ती महिलाले यसअघि एक प्रहरी निरीक्षकलाई समेत बलात्कारको मुद्दा दिएर जागिर नै चट पारिदिएकी बताइन्छ ।

सिन्धुलीका चन्द्र थापा प्रहरी निरीक्षकमा भर्ना हुनासाथ उनले पहिले विवाह गर्न दबाब दिईन् । उनले विवाह गरिसकेकाले अस्वीकार गरेपछि प्रहरीमा जाहेरी दिईन् ।

ती प्रहरी निरीक्षकको जागिर पनि चट् भयो । उनले जागिर मात्रै गुमाएनन्, अंशसमेत दिनुपरेको थियो । थापापछि अहिले नेता बानियाँ त्यही सुर्केनीमा परेका छन् । बानियाँ अहिले हनीट्रयापमा परेको कुरो स्वीकार्न तयार छैनन् ।

उनले भने, ‘यो सब वाहियात हल्ला हो । तपाइले नाम लिएकी महिला कांग्रेसकी नेतृ हुन् । उनैलाई सोध्नुस् । यस्तो भ्रमपूर्ण हल्लाको पछि नलाग्नुुुस् । मेरो अनुरोध छ ।’ बानियाँ अहिले कुरो चपाइरहेका छन् । मानौ उनले हनीट्रयापवाला सपना देखेका थिए । र, अरुले कथा बुनिरहेका छन्, भन्ने लाग्छ उनलाई । यस्तैलाई भन्छन्, ‘होला खोलो तर्यो लौरो विर्सियो’ । कालबाट उम्किएपछि बाच्छो पनि साँढे पल्टिन्छ भनेको यसैलाई भन्छन्, होला । कि कसो माननीय ज्यू !

के हो हनीट्रयाप ?

शारीरिक आकर्षणमा लोभ्याएर फसाउने कला हो-हनीट्रयाप । जसरी झिँगा मह खाने लोभमा त्यसमाथि बस्छ, पछि झिंगा मह खाएर उड्न खोज्छ तर उड्न नसकेर ट्रयापमा पर्छ, त्यसैगरी हनी ट्रयापमा महिला शरीर प्रयोग गरिन्छ । यसमा सुन्दर युवतीलाई प्रयोग गरेर सेक्सको लोभ देखाइ आफूअनुकूल ठाउँमा पुर्‍याई फसाइन्छ ।

खासगरी रूपवती युवतीलाई प्रयोग गरिने यो शैली लडाइँहरूमा समेत प्रयोगमा आएको पाइन्छ । ‘सुन्दर युवती देख्दा जो–कोही लोभिन्छन्, त्यो मानवीय स्वभाव हो’-भन्छन् जानकारहरु । हनी ट्रयापमा शारीरिक आकर्षण प्रयोग गर्दै सेक्सको लोभ देखाएर फसाइन्छ ।

फेसबुक, फोन वा हाई प्रोफाइल पार्टीमार्फत टार्गेटेड व्यक्तिसँग युवतीको मित्रता जोडिन्छ । पछि बिस्तारै उनीहरू नजिकिँदै आपसमा घुलमिल हुन थाल्छन्, त्यसपछि उसबाट कैयौं सूचना फुत्काउने काम गरिन्छ । यसका लागि युवतीहरू केवल लक्ष्यलाई फोकस नगरी सेक्सुअल ब्लाकमेलिङ पनि गर्छन् । सन् २००९ मा बेलायतमा एक युवतीले चाहिँ शैली प्रयोग गरेर एक युवकको हत्या गराएकी थिइन् ।

गत मेमा भारतको गुजरातका भाजपा सांसद डा. केसी पटेललाई पनि एक युवतीले हनी ट्रयापमा पारेकी थिइन् । इन्दिरापुरमकी ती युवतीले उनलाई ट्रयापमा पारेर ५ करोड मागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।