वि.सं.२०८१ असोज २६ शनिवार

गुणस्तरीय शिक्षाको पर्याय एकता जेम्स, मण्टेश्वरीका बालबालिका दिक्षित

गुणस्तरीय शिक्षा तथा सिप विकासको पर्याय बनेको एकता जेम्स स्कुल प्लस’टु स्कुलले मन्टेश्वरीका बालबालिकालाई दिक्षित गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीस्थित एकता जेम्स मन्टेश्वरी परिसरमा एक समारोहबीच उनीहरुलाई दिक्षित गरिएको हो । साथै एकता जेम्सले सरस्वती पूजाको दिन अक्षरारम्भ गरेका बालबालिकालाई स्वागत समेत गरेको छ ।

एकता जेम्सकी संस्थापक कमला दर्लामी पाण्डे मगर र प्रिसिन्पल सुवर्ण प्रकाश पुलामीको उपस्थितिमा मण्टेश्वरीका विद्यार्थीलाई उनीहरु कै अभिभावकबाट लब्धाङ्कप्रत्र प्रदान गरी दिक्षित गरियो । नर्सरीदेखि यु’केजीसम्मका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती दिएर दिक्षान्त समारोहलाई स्मरणीय बनाए । उनीहरुले आफ्ना अभिभावकसामु मण्टेश्वरीमा सिकेका क्रियाकलापहरु जस्ताको त्यस्तै उतारे । र, अभिभावक समेत आफ्ना नानीबाबुले गरेका प्रस्तुतीबाट प्रफुल्लित भए, भने कतिपयले आफ्ना नानीहरुलाई सांस्कृतिक कार्यक्रममा सहभागि हुन थप हौस्याए ।

https://www.facebook.com/khaptadtv/videos/6058794654175778

एकता जेम्सकी संस्थापक कमला दर्लामी र प्रिन्सिपल सुवर्ण पुलामी कार्यक्रममा आफैं खटिए भने शिक्षक शिक्षिकाले साना नानीहरुलाई जतनपूर्वक विनम्रताका साथ विशेष प्रस्तुती दिन हौस्याए । प्रिन्सिपल पुलामीले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जाँगरिलो बनाउने बताए । उनले आफुहरुको मूल उद्देश्य नै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचलित तथा नवप्रवद्र्धित शिक्षण अभ्यास एवं कोर्षलाई बढी भन्दा बढी विद्यार्थीमाझ लैजानु हो ।

उनले भने, ‘ईसीए, सीसीए प्रोग्राममाार्फत विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्नु तथा अनुशासित भई लिडरसिपमा अब्बल बनाउने हाम्रो ध्येय हो ।’ एकता जेम्ससँग एक साथ तीन प्लेटफर्म छन् । ती हुन्ः एकता जेम्स मण्टेश्वरी, एकता जेम्स स्कुल प्लस’टु स्कुल र एकता जेम्स एजुकेशन एण्ड टेक्निकल फाउण्डेशन । विद्यार्थी संख्याको कुरा गर्दा अहिले पनि १३-१४ सय विद्यार्थी छन्, एकता जेम्समा। २०६२-०६३ मा स्थापित एकता जेम्स काठमाडौंको पूर्वात्तर क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि गतिलो उदाहरण बनिसकेको पाठ्य केन्द्र हो । मण्टेश्वरी मात्रै होइन एकता जेम्स एजुकेशन, ह्युम्यानेटिज, साइन्स र ‘ल’ को पठन–पाठनमा उदाहरणीय बनिसकेको छ ।

म्यानेजमेन्टभित्र पनि एचए, एचएम, ट्राभल्स एण्ड टुर्स र कम्प्युटर साइन्समा निकै प्रभावकारी नतिजा दिन सफल भएको छ, एकता जेम्स । नयाँ शैक्षिकशत्र आउँदो वैशाख ४ बाट सुरु हुँदैछ । एकता जेम्सले चैत २९ बाटै नयाँ भर्ना खुलेको घोषणा गरिसकेको छ । उसले अभिभावकलाई भर्ना कार्यक्रमका लागि प्रशासन खुला भइसकेको भनी सूचना गरेको छ ।