वि.सं.२०८१ साउन ६ आइतवार

नेता लामाले बालकलाई जीब्रो चुस्न लगाएको फोटो र भिडियो सार्वजनिक

नेता दलाई लामा विवादमा परेका छन् । एक बालकलाई आफ्नो जीब्रो चुस्न लगाएपछि उनको चर्को आलोचना भएको छ ।

उत्तरी भारतस्थित धर्मशालामा ८७ वर्षीय लामाले बालकलाई जीब्रो चुस्न लगाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनको चर्को आलाेचना भएको हाे । उनले उक्त कार्य गत फेब्रुअरी २८ का दिन गरेको हाे । भिडियो अहिले सामाजिक सञ्जालमा बबाल भाइरल बनेको छ ।

भिडियोमा लामाले बालककाे ओठमा चुम्बन गरेको देखिन्छ । ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जीब्रो चुस्न सक्छौ ?’ भनेर सोधेका थिए ।

उनको हर्कतको विरोध गर्दै ट्वीटरमा ‘ट्रेण्ड’ नै शुरु भएको थियो । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेकी छन्, ‘लामाको यो हर्कत देखेर म स्तब्ध भएँ । विगतमा पनि उनले धेरै यौनवादी टिप्पणी गरेका थिए । त्यसका लागि पनि उनले माफी माग्नुपर्छ । एउटा सानो बालकलाई जीब्रो चुस्न लगाउनु अत्यन्तै घृणित छ ।’

चर्को आलोचनापछि लामाले माफी मागेका छन् । माफी माग्दै उनले आफूलाई भेट्न आउनेसँग निर्दोष तवरले जिस्किने गरेको उल्लेख गरेका छन् । घटनाबारे पश्चाताप गर्दै  लामाले भनेका छन्,‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी चाहन्छु ।’दलाई लामामाथि समलिङ्गी सम्वन्धमा रहने गरेको समेत आरोप छ ।