वि.सं.२०८२ माघ २५ शनिवार

डिप बोरिङ सन्चालन,७० बिघामा सिँचाइ सेवा उपलब्ध हुने

सिरहा।कमला सिँचाइ कार्यालयले ७० बिघामा सेवा सुरू गर्दै नयाँ बोरिङ प्रणालीको शुभारम्भ गरेको छ।
मधेस  प्रदेश  समृद्धि  कार्यक्रम  अन्तरगत  सिचाइ कार्यालयले सिरहाको गोलबजार नगरपालिका-२ निपनियामा    जडान गरिएको  डिप बोरिङ सन्चालनमा आएको छ।
खडेरीले रोपाइँ गर्न नपाएका किसानको लागि  सहायार्थ गोलबजार नगरपालिका-२ निपनिया स्थित रु ७० लाखको लागतमा डिप बोरिङ को  साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ ।
कमला सिँचाइ कार्यालयका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ।  बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका छन्। उद्घाटनसँगै स्थानीय किसानहरु उत्साहित भएका छन्।