वि.सं.२०८१ असोज २६ शनिवार

मेरो पहिलो प्राथमिकता कृषि क्रान्ति : प्रेम श्रेष्ठ

काठमाडौं । मंगाेल नेशनल अर्गनाइजेसनका नेता एवं सुनसरी -१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कृषि क्रान्ति रहेकाे बताएका छन् । नेपाल कृषि प्रधान देश भएकाले कृषिमा ठूलो क्रान्ति हुने सम्भावना रहेकाले श्रेष्ठले खप्टड टिभीलाई बताए `कृषिकाे आधुनिकीकरण र औधोगिक क्षेत्रको विस्तार एवं राेजगारीकाे सिर्जना मेराे पहिलाे प्राथमिकता हाे´ श्रेष्ठले भने ।

त्यस्तै, राजनीतिक परिवर्तनहरूलाई संस्थागत गर्न बनेको संविधान कार्यनयन गर्न आफ्नो मुल राजनीति भएको बताए । `हाल सम्म भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको नयाँ संविधान कार्यनयन र आर्थिक क्रान्ति अब मूल राजनैतिक मुद्दा हाे´ श्रेष्ठले भने । गति लिन नसकेको शिक्षा नीतिलाई प्रविधिसँगै जाेडेर अगाडि बढाउने श्रेष्ठकाे याेजना रहेको बताए । त्यस्तै, मुलुकमा व्याप्त रहेको विभेदलाई अन्त्य गर्नेमा विशेष जाेड रहेको श्रेष्ठ बताए ।

`मुलुकमा रहेको व्याप्त विभेद अन्त्य गर्दै भ्रष्टाचार मुक्त राष्ट्र निर्माण एवं सुशासनयुक्ति समाज निर्माण गर्नमा मेराे बिशेष जाेड हुन्छ´ श्रेष्ठले भने। संघ र प्रदेशको निर्वाचन नजिकिएसँगै सुनसरी क्षेत्र नं.१ मा मंगाेल नेशनल अर्गनाइजेसनले चुनावी गतिविधि तिव्र बनाएकाे छ। सुनसरी क्षेत्र नं.१ भित्र रहेका मतदातालाई मंगाेल नेशनल अर्गनाइजेसनको पक्षमा मतदान गराउने संगठनले अघि सारेका मुद्दाको जानकारी गराउने र घोषणा पत्रमा समावेश गरिएको विषयबस्तुहरुलाई जनताको माझमा प्रष्ट राखेको प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले खप्टड टिभीलाई बताए । आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचन हुदैछ ।