मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दलका उम्मेदवारहरु चुनावी अभियानलाई तिव्रता दिएका छन् । मतदातालाई प्रभावकारी योजनाका आश्वासन देखाएर मत आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छ ।
मतदाताको घरदैलोमा मत माग्न पुगेका जनता समाजवादी पार्टी संखुवासभा प्रतिनिधिसभाका उम्मेदवार दिपक याख्खा भने मतदातालाई सचेत गराइरहेका छन् ।
आफु उममेदवार भएर मत आफ्नाे पक्षमा पार्ने भन्दापनि यसअघि नेतृत्वमा पुगेकाहरुको कार्यकाललाई समिक्षा गर्न आम मतदाताहरूलाई सुझाइरहेका छन् । उनले एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुराना अनुहारलाई भोट हालेर खेर नफाल्न मतदातालाई सुझाव दिए । `यसअघि पटकपटक नेतृत्व तहमा पुगेकाहरूले संखुवासभालाई समृद्धीको नारा दिएर मतदातालाई झुक्याएका छन् । अघिल्लो नेतृत्वका कारण संखुवासभाको विकासले गतिलिन नसकेको हाे´ उनले भने ।
`उनीहरुले जनतालाई कसरी झुक्याएर चुनाव जित्न सकिन्छ र पाँच वर्ष नेतृत्व गर्न सकिन्छ भन्ने दाउमा छन् । यहीँ प्रवृत्तिका कारण चुनाव हार्ने डरले ठूला दलहरु कोही गठबन्धन गरेका हुन्। त्यसको विरोधमा हामी छौं´ उनले भने । लोकतन्त्रमा खुला मनशायले प्रतिस्पर्धा गर्ने हो, तर उनीहरु जनतासँग डराएका छन् । यहाँबाट दिपक खड्काले जितेर जाँदैमा अथवा राजेन्द्र गौतमले जितेर जाँदैमा विकास हुन्छ, समृद्धी हुन्छ, जनताको जीवन स्तर उक्सिन्छ । युवाहरुलाई रोजगारी श्रृजना हुन्छ, महिला समावेशीता र समानता हुन्छ । भनेर भ्रममा नपर्न संखुवासभाका जनतालाई आग्रह गरे।
`त्यसैले फेरि पनि उनीहरुले नै विकास गर्छन् भनेर भोट नदिनुस्, नझुक्किनुहोस् । यो पटक हाम्रो जित सुनिश्चित त्यसकारण पुरानालाई मत दिएर तपाईको अमुल्य मत खेर नफाल्नुस्´ उनले भने।