सरकारी जग्गा हडपेका एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले उक्त जमिन छाेडेकाे छ।
केही दिन अगाडी खप्तडटिभी डटकमले एउटा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारकाे शीर्षक यस्ताे थियाे…. सरकारी जग्गा हडपेर एनआईसी बैंकका सीईओ रोशन न्यौपानेले ठड्याए आलिशान घर, यस्तो छ उनको कालो कर्तुत..! भनेर खप्तडटिभीले २०७९ असोज १४ शुक्रवार १९:५९मा प्रकाशन गरेकाे हाे ।
रोशन न्यौपानेले सरकारी जग्गा हडपेर जंगबहादुरले ब्रिटेनबाट कालि
गढ झिकाएर बनाएका दबारजस्तो आलीशान महल थियाे, रैबया मुलुक र आम नागरिकका लागि असाध्य घातक भएकाे स्थानीयले बताए ।
एक जना बैंकको सीईओले इमानदार ढंगले कमाउने भनेको वर्षमा डेढदेखि २ करोड हुनसक्ला । त्यति कमाईले मुलुकमा कसैको नभएको घर बनाउन सक्ने हैसियत कसरी राख्छ ?
पूर्वी मोहडा फर्काएर बनाएको न्यौपानेको दरबार हो, यो । नेपालमा बनेका राणाकालीन दरबारभन्दा कम कलात्मक छैन, यो । त्यसमा पनि नेपालमा यस्तो डिजाइनका घर कमै बनेका छन् । विदेशी फिल्म खिच्न बनाइएका सेट जस्तो छ, न्यौपाने दरबार ।
स्थानीय तहको पुनःसंरचना हुनुभन्दा पहिले अर्कै ढर्राले बनेको घर अहिले आएर कलात्मक एवं आलीशान बनाईको छ । घरको संरचना तयार भएर साजसज्जाको काम भइरहेको छ । घर मात्रै होइन मन्दिर पनि भव्य छ ।
याे पनि…
तर, वास्तविकता भने अर्कै छ । उनले पूर्वी मोहडामासँगै जोडिएको पर्ति जग्गामा कम्पाउण्ड मात्रै हालेनन् । घरको आधा भाग नै पर्ति जग्गामा पर्छ । त्यसको कित्ता र क्षेत्रफलको प्रति खप्तडटिभीसँग सुरक्षित छ । त्यसरी पर्ति जग्गामा बनेका संरचना हटाउन भनेर बुढानीलकण्ठ नगरपालिका –२ ले समेत असोज २ गते ३५ दिने सार्जजनिक सूचना निकालेको थियाे । नगरपालिकाका अनुसार न्यौपानेको घरको केही भाग नै सरकारी जग्गामा पर्ने भएपछि यो सूचनाले उनलाई पनि संरचना हटाउन अवश्य कर लाग्छ । उक्त सूचना र समाचार प्रकाशनभएपछि न्यौपानेले उक्त जमिन छाेडेकाे बुढानिलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेठले बताए ।