वि.सं.२०८१ माघ १ मंगलवार

कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतसहित ४ जना पक्राउ

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत प्रहरीले पक्राउ गरेको छ।  सीईओसहित ४ जनालाई पक्राउ  गरेको हाे ।

पक्राउ पर्नेमा प्रवीण बस्नेत, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् ।

कामना सेवा विकास बैंक लिमिटेडका सीईओले बैंकिङ कसुर अपराध गरेपछि बैंकबाट बर्खास्त गरेको थियो ।

बस्नेतले झापामा नक्कली ऋणी तयार पारेर ऋण दिएको भेटिएपछि राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले बस्नेतसहित बैंकका ११ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। अझै ७ जना फरार छन् ।

पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको थियो ।

उनलाई २६५औं सञ्चालक समितिको बैँठकको निर्णय अनुसार २०७५ फागुन ०१ गतेदेखि लागु हुने गरि बैंककोे प्रमुख कार्यकारी अधिकृत (सिइओ) बस्नेतलाई नियुक्त गरिएको थियो।