सुदूरपश्चिम । गएको वर्ष असारमा बझाङको वित्थडचिर गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको ठेक्का सम्झौता हुँदा समेत जागृतिले गुण्डा शैली अपनायो ।
यो पनि….
विभागीय स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयको बजेटमा निर्माण हुन लागेको अस्पताल भवनका लागि विभिन्न कम्पनीले टेण्डर हाले । १८ करोड लागत रहेको अस्पताल भवन निर्माणका लागि सार्वजनिक रुपमा टेण्डर गरिए पनि विवादित पृष्ठभूमि भएको जागृति निर्माण सेवा कम्पनीले ठेक्का पायो ।
जागृति निर्माण कम्पनीले ठेक्का हात पार्नका तत्कालीन कार्यकारी चक्रदेव भट्टलाई नै सरुवा गर्न लगायो । जागृतिले तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्ष प्रेम बोहरामार्फत कार्यकारी भट्टलाई सरुवा लिन बाध्य पारेको बताइन्छ ।
कसरी भए भट्ट सरुवा
वित्थडचिर गाउँपालिकाका तत्कालीन कार्यकारी चक्रदेव भट्ट अहिले अछामको तुर्माखाँद गाउँपालिकामा छन् ।
अस्पताल निर्माणको ठेक्का सम्झौता प्रक्रियामा रहेको बेला भट्टले विधिसम्बत फाइल अगाडि बढाउन खोजेपछि जागृति निर्माण सेवाले राजनीतिक पहुँचको आडमा भट्टलाई निसाना बनाएको थियो ।
सार्वजनिक खरिद नियमावली अनुसार फाइलअघि बढाउन खोज्दा अध्यक्ष बोहराले कार्यकारी भट्टको अधिकारमाथि हस्तक्षेप गरे । सार्वजनिक खरिद नियमावली अनुसार फाइल अघि बढे जागृतिले ठेक्का पाउने सम्भावना थिएन ।
ठेक्का पाउनका लागि जागृति निर्माण सेवाले गाउँपालिकामा कार्यरत करार इन्जिनियर सन्देश भण्डारीलाई हातमा लिएको थियो । राजनीतिक सोर्सफोर्सबाट गाउँपालिकामा नियुक्ति पाएको हुँदा टुंगो नभएको जागिरबाट जसरी भए पनि कमाउनु पर्छ भन्ने मनसायमा थिए, भण्डारी ।
भण्डारीको यसै कमजोरीको फाइदा जागृति निर्माण सेवाले उठायो । जागृति निर्माण सेवाले ठेक्का हत्याउनका लागि सार्वजनकि खरिद नियमावली विपरीत टेण्डर आह्वान गरेको २३औँ दिनमा विड डकुमेन्ट संशोधन गराएको थियो ।
जसका मतियार थिए, इन्जिनियर सन्देस भण्डारी । टेण्डर आह्वान भएको २३औँ दिनमा टेण्डरको विड डकुमेन्ट परिवर्तन गरि स्टोन मेशिनरी वालको सट्टा अश्लार मेशिनरी वाल राखिएको थियो ।
भण्डारीले जागृतिलाई ठेक्का पार्नकै लागि चारपटकसम्म (पीपीएमओ)मा विड डकुमेन्ट परिवर्तन गरेको जानकारी कार्यकारी चत्रदेव भट्टले पाएपछि पहिलो पटक नसिहत दिएका थिए । तर, शक्तिको आडमा रहेका भण्डारीले कार्यकारीको नसिहतलाई टेरपुच्छर लगाएनन् ।
भण्डारीले कार्यालयको सामान्य निर्देशन समेत अवज्ञा गर्न गरेको कार्यकारी भट्ट बताउँछन् ।
गाउँपालिका अध्यक्ष र इन्जिनियरको दबाबमा अस्पतालको फाइल अगाडि बढाएको भट्टको गुनासो छ ।
विड डकुमेन्टकै आधारमा जागृतिले अस्पतालको ठेक्का हात पारेको र त्यसपछि काम गर्ने वातावरण नभएपछि सरुवा लिन बाध्य भएको कार्यकारी भट्ट बताउँछन् ।
यता, इन्जिनियर भण्डारीले जागृतिलाई नै ठेक्का पार्नको लागि आफ्नो जागिर गुमाएका थिए ।
गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष अमर महर आएपछि सन्तोषजनक कार्य सम्पादन नगरेको भन्दै भण्डारीलाई जागिरबाट बर्खास्त गरेका थिए ।
अस्पतालको ठेक्का सेटिङमा भण्डारी संग्लन भएको भन्दै विवादित बनेका इन्जिनियर भण्डारीलगायत केही करारका कर्मचारीलाई अध्यक्ष महरले बर्खास्त गरेका थिए ।
जागृति निर्माण सेवाले ठेक्का पाउनका लागि त्यतिबेला एमालेका बाहुबली नेतालाई परिचालन गर्ने गरेको थियो ।
जागृति निर्माण सेवाका पूर्व सञ्चालक गगन रोकाया पूर्व एमाले र हालका नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीका नजिकका पात्र मानिन्छन् ।
आन्तरिक कारणले जागृति निर्माण सेवाको व्यवसाय पुस्कर रोकायाको नामा सारिएको छ ।
जागृतिको सञ्चालक पुस्कर रोकाया भए पनि ठूला ठेक्कामा चलखेल गर्ने भूमिका भने बुबा गगन रोकायाले निभाउने गरेका छन् । त्यो जर्जरताको श्रृंखला केही दिनमै खप्तडटिभीमा आउँदैछ।